logo

राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन

872 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जेनेभा- २ भदौ  । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उहाँ ८० बर्षको हुनुहुन्थ्यो । अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

घानामा जन्मनुभएका  अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गर्नुभएको थियो । राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनबारे उहाँको परिवारले पुष्टि गर्दै भनेको छ, अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गर्नुभएको छ । उहाँले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक हुनुहुन्थ्यो । सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्वीट्जरल्याण्डमा बस्दै आउनुभएको थियो । पूर्व महासचिव अनानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक सन्देशहरू विश्वभरबाट प्राप्त भएका उहाँको संस्थाले जनाएको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic