थांक्रे र गजुरी गाउँपालिकामा नागरिक शिक्षा परियोजना

1426 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको थांक्रे र गजुरी गाउँपालिकामा गरिव तथा विपन्न समुदायमा मतदान पुर्व निर्वाचनको प्रकृयागत बिषयमा नागरिक सचेतना दिन नागरिक शिक्षा,निर्वाचन तथा नागरिक सहभागिता सम्वन्धी परियोजना सञ्चालन हुने भएको छ ।
परियोजना मार्फत थांक्रे गाउँपालिकाका महिला, दलित,युवा, अपांगता भएका व्यक्ति लगायतलाई नागरिक शिक्षा प्रदान गरी नागरिकता प्राप्ति तथा मदताता नामावली दर्ताका लागि सहजिकरण गरिने छ ।
समुदायलाई निर्वाचन र नागरिक सहभागितामा शशक्त वनाउन समग्र विकास सेवा केन्द्र धादिङले निर्वाचन प्रणालीका लागि अन्तरराष्ट्रिय फाउण्डेशन ( युएसआईडि आईएफईसको सहयोगमा धादिङको थांक्रे र गजुरी गाउँपालिकामा परियोजना सञ्चालन हुन लागेको हो ।
परियोजनाले दुवै गाउँपालिकाका कम्तिमा २४ सय घरधुरीका १२ हजार मानिसका बिचमा पुगेर निर्वाचन प्रणालीका बिषयमा जानकारी गराउने समग्र विकास सेवा केन्द्रका जिल्ला संयोजक रुद्र कोईरालाले जानकारी दिनु भयो ।
चालु आर्थिक बर्षको साउन १ बाट शुरु भएको परियोजना यसै बर्षको फागुन १६ गते सम्म सञ्चालन हुने वताईएको छ ।