१४ वर्षीया बालिकालाई बलत्कार गर्न खोजेको आरोपमा कुम्पुरबाट एक पक्राउ

2454 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । एक १४ वर्षीया बालिकालाई बलत्कार गर्न खोजेको आरोपमा सिद्धलेक गाउँपालिका–५ कुम्पुरका १८ वर्षीय पुरुषलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरि हिरासतमा लिएको छ । पीडितको आमा बच्चा विरामी भएर उपचारका लागि गएको र बुबा विदेश गएकोले घरमा एक्लै भएको मौका पारी ०७५ भदौ ५ गते बलात्कारको प्रयास गरेका थिए । बलत्कारको प्रयास गर्दा मारिदिने धम्की दिएपछि पीडितले प्रतिकार गर्ने र आरोपीले बलात्कार गर्न खोज्दा पीडित बालिका घाइते भएपछि गाउँबासीले उद्धार गरि जिल्ला अस्पताल पुर्याएका थिए । पीडित बालिकाको जिल्ला अस्पताल र धादिङ सामुदायिक आँखा अस्पतालमा उपचार भयो ।

        आरोपीले जबरजस्ती गर्न खोज्दा बालिकाको दुबै आँखामा रगत जमेको छ, घाँटीमा निलडाम हुनेगरि घाउ भएको छ । घटनापछि पीडित पक्षको जाहेरकिो आधारमा भदौ ६ गते जाहेरी दर्ता गरिएको छ भने आरोपीलाई प्रहरीले गिरफ्तार गरि हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रामबहादुर केसीले जानकारी दिए । पीडितको भदौ ६ गते जिल्ला अस्पतालमा स्वास्थय परिक्षण गरिएको छ । आरोपी पीडितको काका पर्ने भएकोले करणी उद्योग र हाडनाता करणी उद्योगमा मुद्दा भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।