धादिङको सात किलामा बस दुर्घटना तीन जनाको ज्यान गयो बिबरण आउन अझै बांकी

699 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ अर्घाखांचीवाट काठमाण्डौ आउंदै गरेको रात्रीवस धादिङ जिल्लाको थांक्रे गाविसमा पर्ने पृथ्वीलोकमार्गको सात किलामा दुर्घटना हुंदा तीन जनको ज्यान गएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा अर्घाखांची जिल्ला नरपानेका अन्दाजी २१ बर्ष जतीका पुरन बुढाथोकीको मात्र सनाखत भएको छ । एक महिला र एक पुरुषको शव बसले किचिरहेको अवस्थामा रहेकोले सनाखत हुन सकेको छैन । बसलाई क्रेनको सहायतामा नपल्टाई शव निकाल्न सकिने अवस्था नरहेको वताईएको छ ।
रातीदेखि परिरहेको अविरल वर्षाका कारण सडकमा जमेको माटोमा चिप्लिएर अर्घाखांचीवाट काठमाण्डौको लागि छुटेको लु १ ख ७३३३ नम्बरको वस सडकवाट दश मिटर  तल खेतमा खसेर उक्त दुर्घटना भएको हो ।  आज ( सोमवार) विहान सांढे ५ वजेतिर भएको उक्त दुर्घटनामा परि गम्भिर घाइते  भएका १५ जनालाई उद्धार गरी उपचारका लागि काठमाण्डौ पठाईसकिएको छ । दुर्घटनास्थलमा पुगेको प्रहरी,स्थानीयवासीले अहिले घाइतेहरुको उद्धारगरी उपचारका लागि काठमाण्डौ पठाउंदै गरेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।