प्रहरीको गोलीबाट कोलोराडोमा नेपाली युवाको मृत्यु

1605 पटक पढिएको

प्रकाशित मिति: ११ भाद्र २०७५, सोमबार २२:४३

सम्पादक: Dhading News

नातीबाबु भट्ट
डेनभर (कोलोराडो)  -स्थानीय प्रहरीले गोली चलाउँदा कोलोराडो ब्रुमफिल्डमा शनिवार साँझ एक नेपाली युवाको मृत्यु भएको छ । स्थानीय मिडिया फक्सन्यूज अनुसार शनिवार सांझ ८ बजेर ४५ मिनेटमा  प्रहरीको गोलीलागि एक युवाको मृत्यु भएको हो ।
प्रहरीको गोलीबाट अन्दाजी २५ बर्षका वेष्टमिनिष्टरमा स्थायी बसोवास गर्दै आएका बिरेन्द्र ठकुरीको निधन भएको छ । उनको शब अहिले स्थानिय अस्पतालमा राखिएको छ । समाचार अनुसार करिव ८ बजेर ४५ मिनेट जाँदा स्थानिय फ्रेडल बर्ड र स्टार्ट फोर्ड लेक ड्राइभमा केही व्यक्तिले सडकमा होहाल्ला गरेको प्रहरीले टेलिफोन मार्फत सुचना प्राप्त गरेको वेष्टमिनिष्टर प्रहरीले जनाएको छ   ।
किन प्रहरीले गोली चलायो कुनै कारण स्पष्ट गरिएको छैन । स्थानिय मिडियाले प्रहरीले गोली लागेका युवालाई अस्पताल लिएर गएको थियो । त्यहाँ उनलाई मृत घोषणा गर्यो भन्ने उल्लेख गरेको छ ।
 ठकुरीको परिवार वेष्टमिनिष्टरमा वस्दै आएका थिए । घटना स्थल कोलोराडोको मुख्य शहर डेनभर नजिकै पर्छ  । घरमा मृतकका दाई र आमा छन् । यो समाचार आएपछि नेपाली समुदायका सदस्यहरु उनको घरमा पुगेका छन् । काठमाडौ घर भएका ठकुरी अमेरिकामा स्थायीरुपमा वसोबास गर्दै आएको वताईएको छ ।
घटना पछि उनको घरमा पुगेका छिमेकीले दुई जना दाजुभाई सांझ उक्त सडकमा पैदल हिडिरहेका थिए । त्यही वेला प्रहरीसँग साक्षात्कार भएका थिए । किन प्रहरीले गोलि चलायो थाहा हुन नसकेको उनले बताए ।
आमा बेहोस अवस्थामा रहेकी छन् । सँगै गएका दाईलाई पनि प्रहरीले हड्कडी लगाएर हिरासतमा लिएका थियो । तर उनलाई राती अबेर पुलिसले छाडिदिएको थियो । घटना किन कसरी भयो थाहा छैन । छिमेकीका अनुसार प्रहरीको गोली पेट तिर लागेको  छ  ।
यसको विस्तृत विवरण आउन बाँकी छ ।


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

११ भाद्र २०७५, सोमबार २२:४३ मा प्रकाशित

समाचार

सबै

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन्। आगामी मंसिर १८ र १९ गते (डिसेम्बर ४ र ५.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ.....

Categories