अबैध लागु औषध सहित गजुरीबाट २ जना पक्राउ

3848 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी-धादिङको गजुरी वजारबाट अवैध लागु औषध सहित दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । अबैध लागु औषध बिक्रि बितरणको लागी लुकाई छिपाई ओसार पसार भईरहेको भन्ने गोप्य सुचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मंगलबार सांझ गजुरीबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी निरिक्षक नवराज ढुंगेलको नेत्तृत्वमा खटिएको प्रहरी टोलीले भदौ २० गते विहान साँढे आठ बजेको समयमा धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारबाट सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ वस्ने वर्ष ४० को सुवास जिसी र सोही नगरपालिका वडा नम्बर २ वस्ने वर्ष ३३ को रमेश गुरुङलाई लेवल उप्काएको अबस्थाको १०० एमएल को कोरेक्स थान १८ बोतल र NITRAVAT-10 ट्याबलेट थान ५१ सहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

(तस्बिर सौजन्य  :इलाका प्रहरी कार्यालय गजुुरी धादिङको फेसबुकवालबाट )