नीलकण्ठ नगरपालिका र आइएमई इन्स्योरेन्सबिच सम्झौता

614 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नीलकण्ठ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका, धादिङबीच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तबीच हस्ताक्षर भयो ।

उक्त संझौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफनो पशु पन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् भने नगरपालीकाले आफना नगरबासीको पशुधन, कृषि तथा नगराबासीको दुर्घटना बीमा गराई नेपालमा एक नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।

सोही अवसरमा नगरपालिकाका मेयर भिमप्रसाद ढूंगानाले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे । साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहकहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।