हेलिकप्टर दुर्घटनामा १ विदेशीसहित ६ जनाको मृत्यु-घाइतेलार्इ ११ घण्टापछि काठमाडाैँ पु¥याईयो

1526 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ भदौ  ।अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक यात्रुको मेडिसिटी अस्पतालका चिकित्सकले थप उपचारका लागि ११ घण्टापछि काठामाडौं ल्याएका छन् । घाइते अवस्थामा रहेकी आनी डोल्माको घटनास्थल नजिकै उपचार सुरु गरिएको थियो। थप उपाचरका लागि काठमाडौं लगिएको हो । दुर्घटना स्थलबाट डोकोमा वोेकेर घाईते आनीलाई उद्धारमा गएको हेलिकप्टर सम्म पु¥याईएको थियो ।

यताबाट गएको हेलिकोप्टर घटनास्थल अवतरण हुन नसकेपछि केही वरै ल्यान्ड गरिएको थियो। ‘त्यहाँ हेलिकोप्टरमै मोबाइल आइसियूको व्यवस्था गरेका थियौं,’ डा संजय कार्कीले भने, ‘थप उपचार गर्न मेडिसिटी ल्याइएको हो ।’ उक्त दुर्घटनामा चालक सहित ७ जना रहेकाेमा उनीबाहेक अन्य ६ जनाकाे मृत्यु भइसकेकाे छ।

नुवाकोटमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरका पाईलट र एक बिदेशी नागरिक सहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक बसन्त बहादुर कुँबरले बताए ।

दुर्घटनाग्रस्त अल्टिच्युडको उक्त हेलिकप्टरमा ७ जना सवार रहेकामध्ये मृत्यु हुनेहरुमा पाईलट निश्चल केसी, जापानिज नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० बर्षिय डिल्ली बहादुर गुरुङ, दोलखाका ३७ बर्षिय हिरा शेर्पा, गोर्खा चुमनुबी गाउपालिका–१ का छोवाङ नुर्बु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक बसन्त बहादुर कुँवरले बताए ।

कुँवरका अनुसार दुर्घटनामा परी गम्भिर अबस्थामा रहनुभएका गोर्खाको चुमनुबी–२ का ल्हो आनी डोल्पा डिकीलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ लगिएको छ । गोरखाबाट काठमाडौं आइरहेको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटको म्यागङ गाउपालिका–१ स्थित बर्सुन्चेतको जंगल स्थित रुखमा ठोक्किएर दुर्घटना भएको अबस्थामा अपरान्ह ३ बजे उद्धारको लागी गएको प्रहरी चौकी किम्ताङको टोलीले.भेट्टाएको थियो ।

बिहान याब्रा जंगलमा ठुलो आवाज आएको केहि समयपछि धुलोको मूस्लो उडेपछि हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरेको म्यागङ गाँउपालिका–१ का वडा अध्यक्ष दलसिंह तामाङले बताए । गोरखाको सामागाँउबाट बिहान ७ बजेर ५० मिनेटमा काठमाडौतर्फ उडेको हेलिकोप्टर बिहान ८ बजेर पाँच मिनेटमा दुर्घटनामा परेको थियो । भौगोलिक विकटता, ठूलोवर्षा सहितको बाक्लो हुस्सु र बाक्लो जंगल क्षेत्रमा भएको दुर्घटनाको स्थान पहिचान र उद्धारको लागी कठिनाई भएको प्रहरीले जनाएको छ ।