कर्मचारी समायोजन गर्न स्थानीय तहबाट कर्मचारीको विवरण माग

511 पटक पढिएको

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार २०:४३

सम्पादक: Dhading News

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नका लागि स्थानीय तहका स्थायी कर्मचारीको विवरण माग गरेको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सबै स्थानीय तहको स्थायी कर्मचारीको विवरण पाँच दिनभित्रमा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो ।

स्थानीय तहमा रहेका स्थायी कर्मचारीका आधारमा समायोजन गर्ने भएकाले दरबन्दी उपलब्ध गराउन भनिएको छ । मन्त्रालयले तीनै तहका कर्मचारी पुससम्म समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन ऐन २०७४’ ल्याएको छ ।

प्रवक्ता अधिकारीले सङ्घीय निजामती सेवा ऐन २०७५ आउने बित्तिकै समायोजनको काम शुरु गर्ने जानकारी दिनुभयो । “कतिपय समायोजनका कुरा ऐनमा समेत रहेको छ”, उहाँले भन्नुभयो, “उक्त ऐन संसद्बाट पारित हुनेबित्तिकै हामीले समायोजनको काम शुरु गर्दछाँै ।”

ऐनको दफा १४ को (१) मा ‘यस ऐन प्रारम्भ हुँदाका बखत स्थानीय तहमा कार्यरत स्थायी कर्मचारी सम्बन्धित स्थानीय तहमा स्वतः समायोजन भएको मानिने छ’ भनेर उल्लेख रहेको छ । प्रवक्ता अधिकारीले उक्त स्थायी सङ्ख्याको आधारमा कति कर्मचारी आवश्यक पर्दछ भनेर दरबन्दी माग गरिएको बताउनुभयो ।

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिले सङ्घमा ४५ हजार ८१५, प्रदेशमा १६ हजार ५७० र स्थानीय तहको ५७ हजार ६९० कर्मचारीको दरबन्दी छुट्याइएअनुसार समायोजन गर्ने मन्त्रालयको तयारी छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२५ भाद्र २०७५, सोमबार २०:४३ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories