स्थानीय तहलाई कागजविहीन बनाइँदै

554 पटक पढिएको

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार २२:१७

सम्पादक: Dhading News

 

 

काठमाडौँ, -। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ ।

मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन थालिएको मन्त्रालयका सूचना प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्र झाले जानकारी दिए ।

प्रणाली प्रयोगमा ल्याइसकेपछि स्थानीय तहका काम पूर्णतया डिजिटलमा जाने छन् । “सेवाग्राहीका कामको लागि मूल दर्तामा कुनै कागज ‘स्क्यानिङ’ गरिने छ” उनले भने, “अनि त्यही कागज नै अन्य शाखाका कम्प्युटरको माध्यमबाट पुर्याइ काम हुने छ ।” उनका अनुसार ‘अफिस अटोमेशन प्रणाली’को काम आधा सकिएको छ ।

यस्तै कुनै विषयमा टिप्पणी उठाइएको छ भने त्यसलाई पनि स्क्यानिङ गरी कम्प्युटरमा राखिने छ र त्यहीबाट काम हुनेछ । कम्प्युटर अधिकृत झाले युजर, एप्लिकेशन, वेभवेस एप्लिकेशनको काम भइरहेको बताउनुभयो । प्रणाली बनाएर चाँडै नै सञ्चालन ल्याइने छ । मन्त्रालयले तयार पारिसकेपछि उक्त प्रणाली निःशुल्करुपमा सबै स्थानीय तहलाई उपलब्ध गराउने उनले बताए । यसैगरी यसभन्दा अगाडि मन्त्रालयले स्थानीय तहलाई अडियो सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

फोनमार्फत स्थानीय तहका सूचना जानकारी दिनका लागि मन्त्रालयले अडियो सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको हो । मन्त्रालयका सूचना अधिकारी रमेश न्यौपानेका अनुसार सबै स्थानीय तहमा इन्टरनेट सेवा नपुगेकाले डिजिटल बनाउन समस्या परेको छ । उहाँका अनुसार करीब १५० स्थानीय तहमा इन्टरनेट पुगेको छैन । रासस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२९ भाद्र २०७५, शुक्रबार २२:१७ मा प्रकाशित

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories