पुनर्निर्माण लाभग्राही सूचीमा २ हजार ३ सय गुनासोकर्ता थप

288 पटक पढिएको

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार २२:५१

सम्पादक: Dhading News

 

 

काठमाडौं  २९, भदौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण लाभग्राही सूचीमा थप २ हजार ३ सय ४५ गुनासोकर्तालाई सूचीकृत गरेको छ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३ हजार ३ सय ७९ गुनासो फछ्र्यौट गरेको हो।

बैठकले ९ हजार ८ सय ३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, ८ सय ५९ गुनासोकर्तालाई सम्भावित लाभग्राही कायम गरेको छ।

कार्यकारी समितिले १४ जिल्लाका अति प्रभावित ७ हजार ८ सय ८४ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ।

प्रभावित १६ जिल्लाका ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० लाभग्राहीको अर्को स्थानमा बस्न योग्य घर भए/नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ।

लाभग्राहीले आफ्नो घर पुनर्निर्माण गर्न प्राधिकरणबाट तीन किस्तामा तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँछन्।

प्राधिकरणले दुई वा त्यसभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको सङ्ख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने भएको छ ।

उपत्यका भित्रका बस्तीमा लाभग्राही सूचीमा परेका घरको पुनःनिर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि कार्यकारी समिति बैठकले गरेको छ ।रासस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२९ भाद्र २०७५, शुक्रबार २२:५१ मा प्रकाशित

समाचार

सबै

मौसममा विस्तारै सुधार हुँदै

धादिङ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै जान थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव.....

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

Categories