थाक्रेमा मोटरसाईकल दुर्घटना , एकको मृत्यु

912 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३ असोज – दुई दिन देखि राजमार्ग र सहायक सडक मार्गमा सवारी साधन चलेका छैनन । प्रहरी, एम्वुलेन्स, प्रेस लगायतका सवारी साधन चलेको भएपनि निजी तथा भाडाका सवारी साधन भने ठप्प भएको छ । सडकमा अन्य सवारी साधन नचले पनि मोटरसाईकल भने गु्डेका छन । अरु सवारी साधन नभएपछि मोटर साईकलमा तीनजना सम्म चढेर हिड्नु पर्ने अवस्था आएको छ । यसैक्रममा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा पर्ने दुबेखोलास्थित पृथ्वीराजमार्गमा बुधवार दिउँसो मोटरसाईकल दुर्घटनामा हुंदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा परि २ जना घाईते भएका छन ।
धुनिवेसी नगरपालिकाको खानीखोलाबाट जिल्लाकै महादेबेसी तर्फ जाँदै गरेको बा ७९ प ७२६५ नम्बरको मोटरसाइकल एक्कासी अनियन्त्रित भई पल्टिंदा मोटरसाइकलमा सवार ३ जनामध्ये एकजनाको ज्यान गएको हो ।
दुर्घटनामा परेर घाईते भएका धुनीबेंसी नगरपालिका वडा नम्बर ७ निवासी १८ वर्षीय अनिल लामाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक उद्धव पोखरेलले जानकारी दिए ।
तीन जन सवार रहेको मोटरसाईकल पल्टिंदा अन्य २ जना सख्त घाइते भएका छन् । घाईतेहुनेहरुमा धुनिबेंसी नगरपालिका वडा नम्बर ८ बस्ने १७ वर्षका सौगात खड्का र स १९ वर्षका सुमन श्रेष्ठलाई थप उपचारको काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनाका बिषयमा नयाँ कानून निकै कठोर भएको भन्दै सोको विरोधकम उत्रिएका यातायात व्यवसायी र मजदुरहरुले ऐनमा भएको दण्ड सजाय पुनरावलोकनको माग गर्दै मंगलबारदेखि देशव्यापी हडताल गरेपछि त्यस्को प्रभाव धादिङमा पनि परेको छ । सार्वजनिक सवारी साधन नगुड्दा सर्वसाधरण निकै मर्कामा परेका छन ।
चालकहरुको हडतालका कारण मंगलबार र बुधवार जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका कुनै सवारी चलेका छैनन् भने जिल्ला पनि आउन सकेका छैनन । राजधानी प्रवेश गर्ने मुख्य दुई वटा राष्ट्रिय राजमार्ग पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा पनि हड्तालको प्रभाव परेको छ ।