धादिङ कारागारको पुस्तकालयलाई रोटरी क्लवको सहयोग (फोटो फिचर)

2502 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी १५ असोज । जिल्ला कारागार धादिङमा रहेका कैदी बन्दीका लागि पुस्तक र  स्टिल दराज हस्तान्तरण गरिएको छ । सामाजिक सेवा समर्पित संस्था रोटरी क्लव अफ धादिङ र रोटरी क्लव अफ नारायणगढको संयुक्त आयोजनामा सोमबार पुस्तक र लाईब्रेरीका लागि स्टिल दराज हस्तान्तरण गरिएको हो ।

रोटरी क्लव अफ नारायणगढका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव धादिङका अध्यक्ष गोविन्द बुढाथोकीका साथै कार्य समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सहायक कारागार प्रमुख  मदन श्रेष्ठ लाई पुस्तक तथा दराज हस्तान्तरण गरिएको थियो ।  साहित्य, कला संस्कृति, कानून लगायतका  किताव  र कारगार भित्र रहेको पुस्तकालयलाई व्यवस्थित गर्न एक थान स्टिल दराज हस्तान्तरण गरिएको धादिङका अध्यक्ष बुढाथोकीले जानकारी गराउनुभयो ।

 अहिले धादिङ जिल्ला कारागारमा २ जना आश्रित वालवालिका ,९ जना महिला र ९ जना विदेशी नागरिक समेत गरी ४९ जन थुनुवा र १६२ जना कैदी रहेको सहायक कारागार प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।