नागढुङ्गा नौविसे सडक खण्डमा जाम, एम्वुलेन्स रोकिंदा विरामीको मृत्यु

1208 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , १७ असोज – राष्ट्रिय राजमार्गमा कुनै अवरोध विना सवारी साधन चल्न पाउनु पर्ने अन्र्तराष्ट्रिय मान्यता भएपनि नेपालका मुख्य सडकहरु केही समय यता धराप थापे जस्ता भएका छन । जताततै भत्किएको कारण सडकमा सवारी गुड्न त सर्वसाधरण हिंड्न पनि नसक्ने अवस्था आएको छ । बिशेष गरी राजधानी प्रवेश गर्ने देशकै मुख्य सडक नौविसे नागढुंगा कलंकी सम्मको यात्रा पुरा गर्नु ठुलै लडाई जिते जस्तै हुन थालेको छ ।
विग्रदो सडकको समयमै स्तरउन्नती र पुर्ननिर्माण हुन नसक्दा अस्पताल हिडेका विरामी समयमै अस्पताल पुग्न नसकेर बि वाटोमा ज्यान जानु भनेको त्यो भन्दा पिडा के हुन सक्ला ?
चितवनको भरतपुरबाट उपचारका लागी काठमाण्डौ लैजाँदै गरेको एम्बुलेन्स जाममा फस्दा विरामीको बाटोमै मृत्यु भएको दुःखद खबर आएको छ ।
नौविसे नागढुङ्गा खण्ड पार गर्न घण्टौ लागेपछी विरामीको बुधवार बिहान करिव १० बजे तिर धुनिवेशी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको टायल घर भन्ने ठाँउमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनको सौराहा निवासी ५५ वर्षिया रजनी चौधरीलाई भरतपुरबाट उपचारका लागी काठमाण्डौ रिफर गरिएको थियो । गए रातीदेखीको नागढुङ्गा नौविसे सडक खण्डको सवारी जमाका कारण समयमा नै अस्पताल पु¥र्याउन नसक्दा उनको ज्यान गएको हो ।
चौधरीलाई लिएर आएको एम्वुलेन्स मुस्किलले पृथ्वीराजमार्ग पार गरेको भएपनि त्रिभुवन राजपथको टायलघरमा चार घण्टासम्म जाममा बस्नु परे पछी विरामीलाई थप समस्या भई बाटोमा नै मृत्यु इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।
रातको समयमा सडक मर्मत गर्दाको सवारी जामको असर दिनभरी परेको हो ।दुबैतर्फ सवारी आवगमन ठप्प हुदा नागढुङ्गादेखीको सवारी जाम बुधवार पनि पृथ्वी राजमार्गको थाक्रे गाउँपालिकाका सात किलो भन्ने ठाउँसम्म पुगेको थियो ।
खानीखोला देखि माथि तिरको करिव नौ किलो मिटर दुरीको उकालो पार गर्नका लागी अहिले सवारीका साधनहरुलाई कम्तीमा नौ घण्टा लाग्ने गरेको छ ।