लागुऔषध गाँजा सहित वेनिघाटरोराङ बाट ४ जना पक्राउ

1099 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वेनिघाटरोराङ – लागु औषध गाँजा नियन्त्रणका लागि अभियान संचालन गरिरहेको धादिङ प्रहरीले शुक्रवार लागु औषध जाँजा सहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ४ रुदिङका वेदवहादुर सार्र्की र ठाकुरराम प्रजा रहेका छन । यसै गरी लागु औषध गाँजाको ओसार पसार तथा बिक्री वितरणको कारोबारमा संलग्न रहेको आशंकामा चितवन जिल्ला माडी घर भई हाल कास्की जिल्लाको पोखरा बस्ने वर्ष १८ की सेजिना नेपाली र पोखराकै १८ बर्षिया सुस्मिता भुजेल समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वेदवहादुर सार्र्की र ठाकुरराम प्रजाको घरमा लागुऔषध गाँजा बेचविखनका लागि लुकाई राखेको गोप्य सुचनाको आधारमा सो घर खानतलासी लिंदा सार्कीको घरबाट ४ किलो ५०० ग्राम र प्रजाको घरबाट ९ किलो ग्राम गाँजा बरामद गरी उनिहरु दुवै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानको लागि शुक्रवारनै जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याएर हिरासतमा राखेको छ ।