logo

आँखुखोला जलविद्युतको १३ करोड ७६ लाखको आईपीओ खुल्यो

957 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ  बिक्री खुला भएको छ ।

कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आईपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले  बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

सामूहिक लगानी कोष र कर्मचारीलार्इ छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

प्रति साधारण शेयरको एक सय रुपैयाँ दरका १२ लाख कित्ता र यस अघि अघि २०७५ गत असोज ४ मा स्थानीय वासिन्दालाई बाँडफाँड गरेर बिक्री बाँकी रहेको १ लाख ७६ हजार २० कित्तासमेत गरेर यो जलविद्युत् कम्पनीले १३ लाख ७६ हजार २० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गरेको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको यो आयोजना ८.४ मेगावाटको हो । यो आयोजनाको अधिकृत पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यसको जारी पूँजी ८० करोड छ । यसको हाल चुक्ता पुँजी ६० करोड छ ।

स्थानीयबासीलाई शेयर जारी गरेपछि यसको पुँजी ६८ करोड र सर्वसाधारणका लागि जारी गरेपछि भने ८० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने छ । कम्पनीले न्युनतम ५० देखि ६ हजार कित्तासम्म आवेदन दिन आग्रह गरेको छ ।

यसको शेयर आवेदन आश्वाको सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट दिन सकिने छ । यो जलविद्युत् आयोजनाको धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड हो ।

-नेपाल तारा डट कमबाट


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic