गम्भिर प्रकारका विरामीलाई गल्छी गाउँपालिकाको ७ लाख आर्थिक सहयोग

1718 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी -धादिङको गल्छी गाउँपालिकाले गम्भिर प्रकारका विरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
गाउँपालिकाले गम्भिर प्रकारको रोग लागेर उपचार गराईरहेका विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले अस्पतालको कागजातको आधारमा उपचार खर्च दिने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले वताए । गत आर्थिक बर्षमा कुल ७ लाख एक हजार ५ सय रुपैंया सहयोग गरेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
आर्थिक अभावकै कारण रोग पालेर गाउँपालिकावासी बस्नु नपरोस भनेर कार्ययोजनाका साथ सहयोग गरिएको हो । यो सुविधा पाउन सरकारी स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने व्यवस्था रहेको छ । गाउँपालिकाबाट क्यान्सर, बे्रन ट्युमर,पक्षघात, मुटु, कलेजोसम्बन्धी समस्या, मानसिक रोग, आगोले डढेको लगायतका बिरामीलाई रोगको प्रकृति हेरेर न्यूनतम रु १० हजारदेखि अधिकतम रु २० हजारसम्म सहयोग गर्ने गरिएको गाउँपालिकाका लेखापाल निरन्जन कोइरालाले जानकारी दिए ।
उपचार रकम पाउनका लागि अस्पतालले रोग खुलाएको कागजपत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस र गल्छी गाउँपालिकावासी खुल्ने परिचयपत्र हुनुपर्ने गाउँपालिकाले जनाएको छ । आर्थिक अभावका कारण उपचार गराउन बन्चित भएका गाउँपालिकावासिहरु गाउँपालिकाबाट सहयोग पाउदा निकै खुशि भएका छन । गत आर्थिक बर्षमा गम्भिर प्रकारका विरामीलाई मात्रै होइन गाउँपालिका भन्दा वाहिरका अति विपन्न विरामी ३ जनालाई १५ सय आर्थिक सहयोग गरिनुका साथै वेवारिसे लास व्यवस्थापनका लागि ५८ हजार ५ सय रुपैयाँ प्रहरीलाई उपलव्ध गराईएको पनि गाउँपालिकाले जनाएको छ ।