“धादिङ्न्युज डट कम” को सम्पादकमा एशोदा नेपाल

653 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /विकास तथा खोज पत्रकारितामा धादिङ जिल्लामा छुट्टै पहिचान वनाउन सफल नेत्रावती मिडिया प्रा.लि. धादिङ द्धारा संचालित जिल्लाको पहिलो डिजीटल खबर पत्रिका “धादिङ्न्युज डट कम” को  सम्पादकको जिम्मेवारी   एशोदा नेपालले सम्हाल्नु हुने भएको छ ।  २०७० साउन २ गते बसेको  नेत्रावती मिडिया प्रा लि संचालक समितिको बैठकको निर्णयले एशोदालाई सम्पादकको जिम्मेवारी दिने निर्णय गरेको हो । SAM_0049
शिक्षा शास्त्र संकायमा स्नातक एशोदा २०६१ सालदेखि धादिङ जिल्लाको क्रियाशिल पत्रकार महिला  हुनुहुन्छ । एशोदाले २०६१ सालदेखि २०६९ सम्म नुवाकोटवाट प्रकाशित हुने त्रिशूली प्रवाह साप्ताहिकको धादिङ जिल्ला समाचारदाता भएर पत्रकारिता गर्नुभएको थियो । त्रिशूली प्रवाह साप्ताहिक संगै  २०६५ देखि शुरु गरेको राजधानी   राष्टिय दैनिकको धादिङ जिल्ला समाचारदातामा अहिले पनि काम गरिरहनु भएको छ । यसैगरी २०६६ मा एक वर्ष सम्म राष्ट्रिय समाचार समितिमा समाचारदाताको जिम्मेवारी पनि वहन गरिसक्नुभएको छ । सार्बजनिक संचार माध्यममा सम्पादकको भूमिका निर्बाह गर्ने जिल्लाको पहिलो महिलाको उपमा पनि एशोदाले पाउनु भएको छ ।
२०६४ मा नेत्रावती साप्ताहिकको प्रकाशन आरम्भ देखिनै पत्रिकामा समाचार  तथा स्तम्भ लेखन मार्फत सहयोग गर्दै आउनुभएकोमा  नेत्रावती मिडिया प्रा.लि.ले २०६८ सालवाट नेत्रावती साप्ताहिकको प्रकाशन जिम्मेवारी लिएपछि उहांलाई निर्देशक तथा प्रमुख कार्यकारी सम्पादकको जिम्मेवारी दिईएको थियो । नेत्रावती मिडिया प्रा.लि.ले साप्ताहिकको साथै डिजीटल खबर पत्रिकाको   शुरुवात  गरेपछि एशोदालाई सम्पादकको जिम्मेवारी दिईएको हो । जिल्लाकै पहिली डिजिटल   पत्रिकालाई  समावेशी सबैको लागि उपयुक्त, जानकारीमुलक  र जनप्रिय वनाउन आंफु निरन्तर लागि परिरहने सम्पादक एशोदाले वताउनु भएको छ । एशोदाले   यस अघि नेत्रावती मिडियाको निर्देशक संगै नेत्रावती साप्ताहिकको प्रमुख कार्यकारी सम्पादकको पनि  जिम्मेवारी सम्हालीसक्नु भएको छ ।   एशोदा पत्रकारिता संगै सामाजिक अभियानका क्षेत्रमा पनि  सक्रिय रहंदै आउनु भएको छ ।