विश्व पोलियो दिवसको अवसरमा धादिङबेसीमा सचेतनामुलक ¥याली

1747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी–प्रत्येक बर्षको २४ अक्टोवरका दिन विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने गरिएका विश्व पोलियो दिवस बुधवार नेपालमा पनि मनाईएको छ । पोलियो बिरुद्ध सामाजिक जागरण फैलाउने कार्यक्रमहरु गरेर विभिन्न संघ संस्थाले यो दिवस मनाइदै आएका छन् । यसैवीच विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लव अफ धादिङले सदरमुकाम धादिङबेसी बजारमा बुधवार सचेतनामुलक ¥याली निकालेको छ ।
रोटरी क्लव अफ धादिङको आयोजनामा भएको ¥यालीमा नेपाल रेडक्रस सोसाईटी, जुनिय्र रेडक्रस सर्कल,गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, जिल्ला स्वास्थ्य कार्यालय ,स्थानीय टोलसुधार समितिका प्रतिनिधिहरुका साथै सामाजिक कार्यकर्ता, पत्रकार,रोटरी क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ पुछारवजार पुलचोकबाट शुरु भएको ¥याली एमालेचोक,शान्तवजार, दुर संचारचोक, सुगमटोल,बिचवजार,क्याम्पस चोक हुँदै धादिङ जिल्ला अस्पताल परिसरमा पुगेर समापन भएको थियो । ¥यालीमा सहभागीहरुले पोलियो थोपा खुवाऔ पोलियो भगाऔ, पोलियो उन्मूलन गरौं, किकआउट पोलियो लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।¥यालीमा सहभागीहरुलाई धन्यवाद दिंदै रोटरी क्लव धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले रोटरी क्लवले आगामी दिनमा धादिङ जिल्लाका ग्रामीण भेगहरुमा पुगेर स्वास्थ्य सेवाका कार्यक्रहरु संचालन गर्ने योजना वनाएको र त्यस्का लागि सबैपक्षबाट सहयोगको अपेक्षा गरिएको वताउनु भएको थियो ।