शाखा अधिकृतमा धादिङको प्रतिनिधित्व बढ्दो क्रममा

2549 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- केही बर्ष यता धादिङ जिल्लाबाट लोक सेवा आयोगमा शाखा अधिकृत पदमा उत्तिर्ण हुनेहरुको संख्या बढ्दै गएको छ । २०७२ र २०७३ सालमा क्रमश: ३ जना र ५ जना अप्राविधिक तर्फ राजपत्रांकित तृतिय श्रेणी शाखा अधिकृत पदमा सिफारिस भएकोमा यस वर्ष धादिङका ६ जना उम्मेदवार सफल भएका छन् ।

यस वर्ष धादिङबाट सिफारिस हुने शाखा अधिकृतहरुमा सुप्रिया सिलवाल बेनिघाट रोराङ -६ कानून समूह, सुनिल कणेल धुनिवेशी-३ न्याय समूह, संग्राम खतिवडा गुम्दी-६ न्याय समूह, यूनिक लोहनी ज्वालामुखी-६ न्याय समूह, कपिल सिलवाल नलाङ-९ सामान्य प्रशासन समूह र कुसुम श्रीमल ढोला-७ राजस्व समूह रहेका छन् ।

गत वर्ष सिफारिस भएका शाखा अधिकृतहरुमा बुढाथुमका सुवास खत्री राजस्व समूह, सांकोषका किशोर सापकोटा व्यवस्थापिका संसद सेवा, कल्लेरीका इन्द्रबहादुर खतिवडा सामान्य प्रशासन समूह, ढोलाका भूमिराज श्रेष्ठ लेखा समूह र बेनिघाटका रिता विशुराल न्याय समूहमा सिफारिस हुनुभएको थियो भने २०७२ सालको सिफारिसमा सांकोषका नारायण राउत राजस्व समूह, नीलकण्ठका विपिन बस्नेत लेखा समूह र ज्यामरुङका डिलमान शाक्य सामान्य प्रशासन समूहमा गरी तीन जना शाखा अधिकृतमा सिफारिस हुनुभएको थियो ।

यसरी हरेक वर्ष यस जिल्लाबाट लोकसेवा परीक्षामा सफलता हासिल गर्ने युवाहरुको संख्या बढ्दै गएको देखिन्छ । लोकसेवा प्रति आकर्षित युवाहरुले यसलाई सकारात्मक उर्जाको रुपमा लिई निरन्तर प्रयास जारी राखेमा आगामी वर्षहरुमा अझै प्रतिनिधित्व बढ्ने देखिन्छ ।