ट्रकको ठक्करबाट महादेवबेसीवजारमा एकको मृत्यु

1091 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ६ मा पर्ने पृथ्वीराजमार्गको महादेवबेसीवजारमा शुक्रवार विहान ट्रकको ठक्करबाट एक पुरुषको ज्यान गएको छ ।
चितवनबाट काठमण्डौं गईरहेको ना ६ ख २३७३ नम्बरको ट्रकले शुक्रवार विहान १० वजे तिर ठक्कर दिंदा अन्दाजी ३० बर्ष जतिका एक पुरुषको घटनास्थलमै ज्यान गएपछि ठक्कर दिने ट्रक र त्यस्का चालकलाई महादेबवेसी प्रहरीले नियन्त्रणमा लिएको छ ।ट्रकको ठक्करबाट घटनास्थलमै पैदलयात्रुको ज्यान गएपछि स्थानीयवासीले केहीबेर राजमार्ग अवरुद्ध पारेपनि प्रहरीको सक्रियतामा अवरुद्ध सडक एकतर्फि खुलाईएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप विबरण आउन बाँकी नै रहेको छ ।