आँखुखोलाको आईपीओ आइतवार बाँडफाँट हुने

1056 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १० कात्तिक । आँखुखोला जलविद्युत कम्पनीको आईपीओ कात्तिक ११ गते आइतवार बाँडफाँट हुने भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले आइतवार विहान ११ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको बताएको हो । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ७६ हजार २० कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

यस आईपीओमा ८३ हजार ३ सय १६ जना आवेदकले ५६ लाख ६६ हजार ५ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । रितपूर्वक आवेदन नगर्दा ६१ जना आवेदकले माग गरेको १६ हजार २ सय ८० कित्ताको आवेदन रद्ध भएको छ ।कम्पनीले यसअघि गत साउन १७ देखि भदौ १५ गतेसम्म आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई जारी गर्दा वितरण हुन नसकेको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

स्थानियलाई ८ लाख कित्ता आईपीओ जारी गर्दा ६ लाख २३ हजार ९ सय ८० कित्ताका लागि मात्र आवेदन परेको थियो । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी रू. ८० करोड पुग्नेछ । कम्पनीले आँखुखोलाको पानीबाट ८ दशमलव ४ मेगावाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७० साल भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरेको हो ।