logo

नागढुङगा-नौविसे सुरुङमार्ग निर्माणका लागि ६ कम्पनीको आवेदन

1143 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– धादिङ न्यूज समाचारदाता

धादिङ : राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगाको सवारी चापलाई कम गर्न बर्षौ देखि चर्चामा रहेको तर निर्माण कार्य अघि बढ्न नसकेको बहुचर्चित नागढुङगा-नौविसे सुरुङमार्ग निर्माण कार्य अघि बढ्ने भएको छ । सो सुरुङ मार्ग  निर्माण गर्न ६ वटा कम्पनीले आवेदन दिएका छन् ।

महाशाखाले साउनमा पहिलो पटक ६० दिने ग्लोवल टेण्डर निकाल्दा कुनै पनि कम्पनीले आवेदन नदिएपछि १५ दिन थपिएको म्यादमा ६ को आवदेन परेको हो ।

सुरुङमार्ग निर्माण गर्नका लागि सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले ग्लोवल टेण्डरमा आवेदन मागेको थियो जसमा चिनियाँ पाँच कम्पनी र एउटा जापानिज कम्पनीले आवेदन दिएका छन्।

४५ कम्पनीले वोलपत्र खरिद गरेपनि ६ वटाले मात्र आवेदन पेश गरेको महाशाखाले जनाएको छ ।

आगामी जनवरीसम्ममा छनोट प्रक्रिया सकेर निर्माणको कामै सुरु गर्ने महाशाखाको तयारी रहेको र छनोट हुने कम्पनीले तीन बर्षमा सुरुङमार्ग निर्माण सक्नुपर्ने उल्लेख छ ।

सुरुङमार्ग नागढुङगा-नौविसे सडक खण्ड अन्तर्गतको नेपाल आयल निगमको डिपो (थानकोट) नजिकैको बस्नेतछापदेखि सिस्नेखोला २.७ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुनेछ। सुरुमार्गको पुर्वीद्धार नागढुङगो फेदीमा पर्ने बस्नेतछापमा रहनेछ भने पश्चिमद्धार सिस्नेखोलामा रहनेछ।

थानकोटदेखि सुरुङमार्गको पुर्वीद्धार बस्नेतछापसम्म २.६ किमी पहुचमार्ग निर्माण हुनेछ। सुरुङमार्गले नागढुङगाबाट घुमेर जाने बाटोमा लाग्ने ८ किमी बाटो छोट्याउने छ।

डिपिआर अनुसार सुरुङमार्ग ९.५ मिटरको चौडार्इको हुने छ। सुरुङमार्ग तीन लेनको हुनेछ। जसमा ३.५/३.५ मिटरका सवारीसाधन आउन र जानका लागि दुर्इ वटा लेन हुनेछ। बीचमा साढे दुर्इ मिटरको सहायक लेन रहने छ। यसको लागत २२ अर्व लाग्ने प्रारम्भिक अनुमान रहेको छ । जसमा १६ अर्व रुपैयाँ जापानिज सरकारको सहुलियत ऋण र ६ अर्व नेपाल सरकारको हुनेछ।

जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा जापानको निप्पन इन्जिनियरिङ कन्सल्ट्याण्टले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको यो सुरुङमार्ग सन् २०२२ सम्ममा निर्माण सक्ने लक्ष्य लिर्इएको छ।

नेपाल तारा डट कमको सहयोगमा


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic