राजमार्ग सामुदायिक संचार केन्द्रमा नयाँ नेत्तृत्व

1316 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुनिवेशी- धादिङको धार्केबाट प्रशारण भईरहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्जको संचालक संस्था राजमार्ग सामुदायिक संचार केन्द्रको कार्य समितिमा नयाँ नेत्तृत्व चयन भएको छ । कात्तिक १० गते शनिवार धार्केमा सम्पन्न भएको साधारणसभा वाट अर्जुनवहादुर सुवेदी(केशव)को अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको हो ।
कार्य समितिको उपाध्यक्षमा उद्दब चेपाङ , सचिवमा सुमनप्रसाद सुवेदी, सहसचिवमा सरीता श्रेष्ठ , कोषाध्यक्षमा होमबहादुर सुवेदी, सदस्यहरुमा राजु परियार , आशिष ठकुरी , महेश्वर सुबेदी र लक्ष्मी भुजेल सर्वसम्मत चयन हुनुभएको छ । राजमार्ग सामुदायिक सञ्चार केन्द्रले गएको आठ बर्ष देखि धार्केबाट रेडियो राजमार्ग संचालन गर्दै आईरहेको छ । नवगठित कार्य समितिको पहिलो वैठक वाट निवर्तमान कार्य समिति सदस्य भुवन पौडेललाई संस्थाको प्राबिधिक सल्लाहकारमा चयन गरिएको रेडियोका संस्थापक अध्यक्ष नारायणचन्द्र सुवेदीले जानकारी दिनु भयो ।
राजमार्ग सामुदायिक सञ्चार केन्द्रले २०६८ साल असोज ११ गते घटस्थापनाको दिन देखि रेडियो राजमार्ग ९२.१ मेगाहर्ज प्रसारण थालेको हो ।