निर्वाचित महिला सदस्यहरुको क्षमता विकासका लागि तालिम

417 पटक पढिएको

प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार ०६:५६

सम्पादक: Dhading News

थाक्रे-धादिङ जिल्लाको थाक्रे गाऊँपालिका वडा नः ६,७,८ र ११ र गल्छी गाऊँपालिकाको वडा नः ८ मा निर्वाचित महिला सदस्यहरुको क्षमता विकासका लागि तालिम संचालन गरिएको छ । साविकको गोगनपानी गाविसका पर्ने अहिलेको थांक्रे र गल्छी गाउँपालिकामा संचालित लैगिंक शसक्तिकरण परियोजना अन्र्तगत सो तालिम दिईएको हो । तालिममा सामुदायिक समूहका अगुवा , वडा तथा पालिका स्तरिय महिला सञ्जालका अगुवा , संबन्धित वडावाट निर्वाचित वडा सदस्यहरुको सहभागीता रहेको थियो । तालिम कार्तिक १६ र १७ गते संचालन गरिएको थियो ।

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको आयोजना , यूएमएन धादिङको सहयोगमा संचालित परियोजनाको तर्फवाट आयोजित कार्यक्रममा अधिवक्ता राधिका सापकोटा, सस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती लगाएतले कानुनी व्यवस्था, स्थानिय विकासमा भएका योजना र उक्त योजनाको कार्यन्वयनमा महिला नेतृत्वको औचित्यको बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको समापनमा जिल्ला समन्वय समिति सदस्य उर्मिला रेग्मी,थाक्रे वडा नः ११ वडा अध्यक्ष रवि प्रकास ओझा, र गल्छी गाऊँपालिका उपाध्यक्ष राधा तिमल्सीनाले सामुहिक छलफलवाट निकालिएको निश्कर्षले समाजिक विकासमा योगदान पुग्ने भएकोले पालिकाको तर्फवाट आवश्यक प्रथामिकता दिई काम गर्न सक्षम रहेकोले स्थानिय समस्याको उजागर गर्न अगुवा महिलाहरुको भुमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा थाक्रे महिला सञ्जाल अध्यक्ष यशोदा विडारी, निर्वाचित महिला सदस्यको तर्फवाट सुशिला सुवेदी , वडा सञ्जाल तर्फवाट निर्मला लामिछाने ,समुह अगुवा सरिता तामाङ ले २ दिनको वसाईवाट समुदायको रुपान्तरणमा योगदान गर्न आत्मवल वढाएको ले आगामी दिनमा अझै सामुदायिक विकासमा महिलाको भुमिका स्थापित गर्न यो तालिम प्रभावकारी रहेको विचार राख्नु भएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१८ कार्तिक २०७५, आईतवार ०६:५६ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories