दशैं खर्च लिस्ट काण्डमा नाम जोडिएपछि पत्रकार राठौरले निकाले बिज्ञप्ति

1719 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-केहि दिन देखि सर्वाधिक विवाद र चर्चामा रहेको धादिङमा सञ्चालित बालुवा तथा क्रसर उद्योगीबाट दशैं खर्च वितरण गरिएको भन्दै बाहिर आएको लिस्ट काण्डले  जिल्लामा मात्र होइन देश विदेशमा त्यो बिषयले निकै ठूलो चर्चा र विवाद ल्याईरहेको छ । केही मान्छेहरु त्यस्को यथार्थ के हो नबुझि मनगढण्ते कुराहरु सामाजिक सन्जालमा लेखेर एकोहोरो भएर अरुको चरित्र हत्यामा लागिरहेका छन । लिस्टका कारण मन्त्री देखि प्रहरी प्रशासन र धादिङका पत्रकार सम्मले आफ्नो चरित्र हत्या भएको, वदनाम गर्न खोजिएको,पेशागत जिवनमा दाग लगाउने कुचेष्टा भएको भन्दै त्यो काण्डको निष्पक्ष छानविन गरि यथार्थ वाहिर ल्याउन माग गरिरहेका छन ।

व्यापक चर्चा संगै विवादित बनेको त्यो लिष्ट काण्डको वास्तविकता के हो अहिले प्रहरीले अनुसन्धान शुरु गरेको छ । लिष्ट काण्ड वाहिर आउनुमा को को दोषि छन,त्यो लिस्ट भित्र के स्वार्थ लुकेको छ प्रहरी प्रशासनको अनुसन्धानले पक्कै पुष्टि गर्नेछ । धादिङ क्रसर व्यवसायी संघले त्यो लिष्ट काण्डलाई लिएर धादिङका पत्रकार हरिहरसिंह राठौरले व्यवसायीहरुलाई धम्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालयमा छानविका लागि उजुरी दर्ता गराएका छन । व्यवसायीहरुले लगाएको आरोप सहि हो या गलत त्योपनि अनुसन्धानको दायरामा  छ । यसै बिच लिष्ट काण्डमा नाम जोडिएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुर दैनिकका सम्वाददाता हरिहरसिंह राठौरले अाफ्ना विषयमा लागेको अाराेप सम्बन्धमा जारी गरेको विज्ञप्तीको पूर्ण पाठ:

समसामयिक प्रेस विज्ञप्ती
श्री आदरणीय सचेत धादिङवासी, दाजुभाई, दिदी वैनीहरु ।

यसै महिनाको ८ गते देखि लगातार ५ दिन सम्म जिल्ला सदरमुुकामका सार्वजनिक स्थल र सामाजिक सन्जालमा हुने गरेको क्रसर व्यवसायी र स्थानीय संचारकर्मीहरु वीच भएको आपसी विवाद वारे निम्न कुराहरु भ्रंमपुण रहेको स्पष्ट पार्न चाहान्छु । संचारकर्मीहरुलाई आफु अनुकूल प्रयोग गरि अनर्गल र वदनाम गर्ने गराउने उदेश्यले व्यवसायिक हरुवीचको अस्वस्थ प्रतिस्प्रर्धाले सिर्जित चर्चामा आएको समस्यामा राजनैतिक पुर्वाग्रहीभै मौकाको फाईदा उठाउन यसै वेला वदनियतपुर्ण रुपले सामाजिक सन्जालको पुर्ण दुरुपयोग गरि लेखिएका पोष्ट र केहि निश्चित अनलाईनहरुवाट जिल्लाका निर्वाचित सांसद माननीय भुमि त्रिपाठी, र प्रदेश नं ३ का आन्तरिक मामला तथा कानुन मन्त्री माननीय शालिकराम जमकटेल र मेरै विरुद्ध वारम्वार सांगठिनक रुपलेनै वदनाम गर्ने नियतले सत्यतथ्य वुझन पत्रकार आचारसंहिताको न्युनतम मापदण्ड मेरो प्रतिकया समेत नलिई निश्चित राननैतिक समूहका सन्चारकर्मीहरुले जिल्ला वाट सम्प्रेषण गरि प्रकाशन गर्न उकास्ने र सोही अनुरुप प्रकाशन गर्ने विभिन्न अनलाईन हरुले लेखेका भ्रमपुर्ण समाचारहरु प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको र एक हप्ताको समयमा विभिन्न निकाय तथा पत्रकार साथीहरुको सहयोगमा आफनै तर्फवाट आवस्यक छानविन, सरोकारवाला निकायहरु संगको लामो छलफल पश्चात जिल्लावासी समक्ष निम्न सत्यतथ्य कुराहरु प्रष्ट पार्ने मेरो कर्तव्य हुन्छ ।

मैले कार्तिक ६ गते सांझ प्राप्त हाल चर्चामा आएको क्रसर व्यवसायीहरुले ४५ लाख नगद संकलन गरि जिल्लाका म लगायत १० जना पत्रकारहरुलाई ५ लाख र उल्लेखित अन्य पदासीन व्यक्तिहरु, प्रमुख जिल्ला अधिकारी, स्थानीय प्रहरी लगायत लाई थप रकम वितरण गर्न जस्तो तयार गरिएको लिएको वा दिएको कुनै प्रमाण नभएको अस्पष्ट सूची प्राप्त भए पछि मैले आफनो नाम पनि समावेस भएको र जिल्लाका १० संचारकर्मीहरुका लागी भनेर एकमुष्ठ रकम आफुले कुनै पनि व्यक्ति वा व्यवसायी वाट आफना लागी वा लेनदेन नगरेको र आफनो नाम मुछिएको भए पछि स्थानीय विभिन्न मिडियाका महत्वपुर्ण पदमा आसीन र चर्चित मिडियाका साथीहरु संग उक्त पत्रको आधिकारिता, सक्कली नक्कली भएको वारे सुक्ष्म अनुसन्धान गरेर पुष्टि र जिल्ला स्थित उपलव्ध संचारकर्मीहरु वीच आपसी छलफलमा व्यवसायीहरु संग रकम लिने संचारकर्मी हरुवारे सत्य तथ्य छानविन गर्न र थप उल्लेखित अन्य व्यक्तिहरुमा लगाईएको आरोप वारे पनि वास्तविकता वुझन ८ गते देखि ९ गते सम्म सल्लाह , विचार विमर्श गर्दा गर्दै । केहि संचारकर्मीहरुले सामाजिक सन्जालको दुरुपयोग गरि थप छानविनको साटो स्वयं पत्रकारहरुमै आपसी वाझावाझ आक्रोस व्यक्ति गरि सामाजिक सन्जालमा व्यापक चर्चामा ल्याउनुका साथै पत्रकारहरुले पत्रकारहरुलाईनै मानमर्दन गर्ने गरि व्यापक रुपमा सामाजिक सन्जालको दुरुपयोग गरियो ।

जिल्ला स्थित पत्रकारहरुको आपसी विवादमा अन्य व्यक्तिहरुवाट पनि निकै नकारात्मक प्रतिकृया आई रहेको वेला फरक मत राख्ने एकजना अनलाईन संचारकर्मीले सत्यतथ्य वुझेर आफनो अनलाईनमा समाचार प्रकाशनको साटो श्रोत खोल्न नहुने आचारसंहिता लाई समेत ख्यालै नगरि महत्वपुर्ण व्यक्ति विशेषको नामै किटेर वदनाम गर्ने उदेश्यका साथ म संग उपलव्ध भएको भनेर ठाडै श्रोत खोलेर फरक मत राख्ने निजी सामाजिक सन्जालमा छरपस्ट पारे पछि यस घटनाले थप चर्चा पाएर वास्तविकता वारे जनचासो वढ्न पुग्यो ।

भ्रमपूर्ण सूचना र सन्देश दिई, कुनै प्रलोभनमा फसाई , आफनो स्वार्थ अनुकूल हुने गरि संचारकर्मीहरु लाई प्रयोग गरेर कुनै पनि व्यक्तिले आफनो कुटिल स्वार्थ पुर्ति गर्न सक्ने अवस्था रहदा रहदैं सत्यतथ्य पुष्टि गर्नको साटो जानाजान हतारमा सामाजिक सन्जाल वा समाचारमा प्रकाशन गर्नु पत्रकारिताको आचारसंहिता विरुद्धको काम हो र पुष्टि गर्न नसक्ने अवस्था भए साईवर क्राईम लगायतका मुद्धा खेप्न सक्ने अवस्थालाई मैले सामाजिक सन्जाल र मौखिकरुपले सचेत गराउँदा गराउँदैं कुनै समुहले मेरो वदनामी र कुनै समूहले निर्वाचित जनप्रतिनिधी लगायत मानीय मन्त्रीज्यु लाई मानमर्दन गर्ने निहित स्वार्थ राखेको पाईन्छ । दर्ता गरेर राजमार्ग वरपर संचालित २९ वटा जिल्लाका क्रसरहरुमा अरवौंको वैंक लगानी, हजारौं यातायात मजदूरहरुको रोजगारको सवाललाई टाढा राख्दै सरकारले विगत ४ आर्थिक वर्ष देखि उद्योग नविकरण नगरे पनि एकाध उद्योगहरु लुकीछिपी संचालनमा आए पनि व्यवसायीहरुको आपसी गुटवन्दी र व्यक्तिगत रिसईवीले उक्त सूची संचारकर्मीहरुलाई उपलव्ध गराएको आशंका र आरोपमा व्यवसायीहरुले नै आपसमा अनुसन्धान गरि क्रसर व्यवसायी निलम पन्त लाई काठमाण्डौं कलन्कीवाट आफै नियन्त्रणमा लिई प्रहरी लाई जिम्मा लगाएका छन् ।

यस प्रकारका गतिविधीहरुले अस्वस्थ व्यवसायिक (राजनैतिक, पत्रकारिता वा व्यापार व्यवसाय ) प्रतिस्पर्धाले भलो कसैलाई नगर्ने कुरा सर्वविदितै छ । प्रतिस्पर्धी भन्दा राम्रो कामगरेर उछिन्नुको साटो खुट्टा तानेर अघि वढने प्रवृतीले कदापी लक्ष्य प्राप्ती हुदैन । नेपाल पत्रकार महासंघको लोकप्रिय मत प्राप्त गरि निर्वाचित केन्द्रिय सदस्यको जिम्मेवारी वोकेको र विगत ३ वर्ष देखि वन्द हुने संघारमा रहेका क्रसर उद्योगीहरु संग मैले जिम्मेवारपुर्ण पदमा २६ वर्ष देखि निरन्तर आफु कार्यरत कान्तिपुर मिडिया ग्रुपले संचार खर्च भुक्तानी गर्ने अफिसियल नंवर ९८५८०५१०५५ प्रयोग गरि कसैलाई धम्की नदिएको कुरालाई स्वयं व्यवसायीहरुनै अवगत हुनुहुन्छ । छलफलमा यो घटनाको वास्तविक सत्यतथ्य प्रकाशमा आउनु पर्छ भन्ने उदेश्यले तपाई विरुद्ध स्थानीय प्रशाासनमा धम्की दिएको र साईवर अपराधमा उजुरी दर्ता गरेको स्वयं व्यवसायीहरुले वताउनु भएकोछ ।

अन्तमा उक्त सूचीको सक्कली वा नक्कली भएको सत्थतथ्यताको छानविन नहुदैं अनर्गल प्रचार गरि वदनाम गर्ने उदेश्यले परिचालित समुहको योजनामा हामी पनि पत्याएर कसैलाई पिडित त वनाएका छैंनौं ? अर्नगल प्रचार गर्नेको योजनामा अन्जानवस समावेस भएका त छैंनौं ? भन्ने मनन गर्न समस्त आदरणीय जिल्लावासी, संचारकर्मी लगायत राजनैतिक दलहरु संग विनम्रताका साथ आग्रह गर्दुछु । उक्त सूचीमा सत्यता भए उक्त योजनामा संलग्न हरुलाई छानविनका दायरामा ल्याएर कार्वाही अघि वढाउन संवन्धित निकाए संग आग्रह गर्छु । चर्चामा आए जस्तो जिल्ला स्थित १० संचारकर्मी हरुले पनि ५० हजारका दरले कथित दशैं खर्च लिएको भन्ने विषयमा पनि जिल्ला स्थित नेपाल पत्रकार महासंघले आवस्यक छानविन र अनुसन्धान गरेर उक्त विषयको सत्यतथ्यता वारे सार्वजनिक गर्न आग्रह गर्दछु । साथैे सामाजिक सन्जालमा लेखेर समाजमा भ्रम, द्धेष, घृणा फैलाउने, समाजलाई उत्तेजित वनाएर आफनो राजनैतिक स्वार्थ पुर्ति गर्ने समूहको पहिचान गरि सतर्क रहन र विशेष गरि संचारकर्मी मित्रहरुलाई सामाजिक सन्जालको प्रयोग गर्दा वैयक्तिक स्वन्तत्रता, गोपनियता, साईवरक्राईम वारे गहन अध्ययन गरि दिन समेत आग्रह गर्दछु ।

समाजका विभिन्न विकृति विसंगती लाई उजागर गर्न, सुशासन कायम गर्न गराउन र स्थानीय विकासमा मद्धत गर्न समाचार योग्य सूचना उपलव्ध गराई सहयोग गर्न पनि अनुरोध गर्दछु । जिल्ला स्थित क्रसर तथा वालुवा प्रशोधन व्यवसायीहरुले पनि नेपाल सरकारको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक पहिलो साता गठित नियमन समिती र प्रदेश सरकार द्धारा पारित कार्यविधी को मातहत र मापदण्डमा रहेर मात्रै उद्योग संचालन गर्न आग्रह गर्दृछु साथै म प्रति लगाईएको व्यवसायीहरुलाई धम्की दिएको र सामाजिक सन्जालमा अर्नगलकुरा लेखेको विषयमा जिल्ला क्रसर उद्योग संघ, धादिङका अध्यक्ष शिवप्रसाद रेग्मीले यसै १२ गते स्थानीय प्रशाासनमा दिनु भएको उजुरी तत्काल फिर्ता लिन आग्रह गर्दछु ।

(सूचना उपलव्ध गराउने उक्त श्रोतको रहस्य मैले वैयक्तिक गोपनियता संवन्धमा व्यवस्थागर्न वनेको ऐन २०७५ को परिच्छेद ५ को लिखत संवन्धि गोपनियताको ख्याल गर्दै कतै भन्न नमिल्ने )

हरिहरसिंह राठौर
कान्तिपुर सम्वाददाता एवम
केन्द्रिय सदस्य, नेपाल पत्रकार महासंघ
हाल: धादिङ(९८५८०५१०५५)
वोधार्थ: श्री जिल्ला प्रशाासन कार्यालय, धादिङ
श्री नेपाल पत्रकार महासंघ, (केन्द्र तथा जिल्ला शाखा)
श्री जिल्ला क्रसर उद्योग संघ, धादिङ