धादिङमा राति ९ बजेपछि देउसी भैलौ खेल्न नपाइने

1625 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१८ कार्तिक । नेपालीको दोस्रो ठूलोचार्ड तिहार यही कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । तिहार  पर्वलाई मर्यादित र व्यवस्थित ढंगबाट मनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक सूचना जारी गर्दै राति ९ बजेपछि देउसी भैलो नखेल्न,प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ ।  कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जारी गर्नुभएको सार्वजनिक सूचना अनुसार धादिङ जिल्लामा राति ९ बजेपछि देउसी भैलो नाचगान, लगायतका मनोरन्जनका कार्यक्रमहरु संचालन नगर्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले कात्तिक १८ गते आईतबार सार्वजनिक सूचना जारी गर्दै शान्ति सुरक्षामा आँचआउने कुनै पनि कार्य नगर्न र राति ९ बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको हो ।

कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान समेत गरेको छ । प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ ।