स्नेहालाई राइफल उपाधि

787 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ललितपुर/ओलम्पियन स्नेहा राज्यलक्ष्मी राणाले राष्ट्रव्यापी खुला सुटिङ प्रतियोगिताको अन्तिम दिन बिहीवार  महिला १० मिटर एयर राइफलको उपाधि जित्नु भएको छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको प्रतिस्पर्धामा स्नेहाले सर्वाधिक एकसय ९५ अंक बटुल्दै एक मात्र पदकका रुपमा रुपन्देहीलाई स्वर्ण दिलाउनु भएको हो । अर्की ओलम्पियन नेपाल प्रहरीकी फूलमाया क्याप्छाकी एकसय ९० अंक जोड्दै दोश्रो हुनुभयो भने एकसय ७० अंकसाथ प्रहरीकै दुर्गा सिन्जालीले तेस्रो हुनुभएको छ । यसअघि पुरुषको १० मिटर एयर राइफलमा नेपाली सेनाका दीपक थापा तथा १० मिटर एयर पेस्तोलको पुरुषमा सेनाका कुवेर केसी र महिलामा प्रहरीकी सीमा तुलाधरले स्वर्ण जित्नु भएको थियो । चार दिने प्रतियोगितामा ३३ पुरुष र ३२ महिला गरी ६५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।