नेपाल सम्वत ११३९ को खुशियालीमा धादिङमा विभिन्न कार्यक्रम

1390 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाल सम्वत ११ सय ३९ सुरु भएको खुशियालीमा बिहीवार धादिङ लगायत देशभर मुलुक भर विभिन्न कार्यक्रम गरिएको छ ।  नेपाल संवतको खुसियालीमा विभिन्न स्थानमा सांस्कृतिक पहिचान झल्कने पोशाक सहित झाकी निकालिएको छ ।नेपाल सम्वत ११३९ को अबसरमा धादिङका नेवार समुदायले याली तथा जेष्ठ नागरिकको सम्मान गरेका छन् ।

झिगु नेवा समाज धादिङ र नेवा दबुको संयुक्त आयोजनामा बिहीवार विहान धादिङबेसी पुछारवजार चोकबाट शुरुभएको ¥यालीले सदरमुकाम धादिङबेसी वजारपरिक्रमा गरेको थियो। ¥याली शुरु हुनु अघि बजारक्षेत्रका ८४ बर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई सम्मान गरिनुको साथै बाजागाजा सहित बजार परिक्रमा समेत गराईएको थियो । ¥यालीमा नेवार समुदायमा चलनमा रहेका विभिन्न झाँकी, लाखे टाकुटुकेनाच पनि प्रदर्शनी गरिएको थियो । ¥यालीमा नेवार समुदायका  साथै अन्य समुदायका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
जिल्लाको गल्छी  गाउँपालिकाको महेश दोभानबाट गल्छी छाङ्गेश्वर मन्दिरसम्म पनि नयाँ नेपाल सम्बतको अबसरमा विहीबार ¥याली सम्पन्न भएको छ । यसैगरी जिल्लाको गजुरी, मलेखु, वेनिघाट, नौविसे लगायतका स्थानमा पनि नेवार समुदायको आयोजनामा नेपाल सम्बतको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना  गरिएको झिगु नेवा समाज धादिङले  जनाएकोछ ।
     नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वालाई २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको सरकारले नेपाल सम्वतलाई २०६५ सालमा राष्ट्रिय मान्यता दिएको थियो । लिच्छवीकालिन राजा राघवदेवको पालामा काठमाण्डौका व्यापारी शंखधर साख्वाले सबैलाई ऋणबाट मुक्त गरेको खुशियालीमा विक्रम सम्वत ९ सय ३६ बाट नेपाल सम्वत मनाउन थालिएको इतिहास छ ।