काङ्ग्रेस नेता उप्रेतीको निधन

807 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ। नेपाली काँग्रेस धादिङका पुराना नेता पूर्वमहासमिति सदस्य  तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ ।  नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको नेपाली काँग्रेस ले जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिज्ञप्ति जारी गर्दै नेता उप्रेतीको निधन प्रति दुःख व्यक्त गर्नु भएको हो । लोकतान्त्रिक आन्दोलनमा स्व. उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

स्व. उप्रेतीका श्रीमती, तीन छोरा र चार छोरी हुनुहुन्छ । स्व उप्रेतीप्रति पार्टीले श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । उप्रेतीको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।