आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपेर मनाउँदै

606 पटक पढिएको

सम्पादक: Dhadingnews.com

531236_259369630830419_1502782105_n

साउन ४ – आज हरिशयनी एकादशी । तुलसीको विरुवा रोप्ने दिन । हिन्दु धर्मावलम्बीहरुले घर आँगनका मठमा तुलसीको विरुवा रोपेर मनाउँदैछन् ।

एकमहिना अघि राखिएको तुलसीको विरुवालाई आज मठमा सारेर विधीपुर्वक रुपमा रोपिदै छ । धार्मिक र वैज्ञानिक रुपले महत्वपूर्ण र बहुउपयोगि मानिएको तुलसी घरमा रोप्दा पूण्य प्राप्त हुने धर्मावलम्बिहरुको विश्वास रहेको छ ।विशेषत आज तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा लिएर पुजा गर्ने प्रचलन रहेको छ ।
पौराणिक कथन अनुसार मुर नाको दैत्यको आतङकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले संघर्ष गर्नुपरेको र युद्धको थकान मेट्न शयन अर्थात सुतेको दिनको सम्झनामा हरिशयनी एकादशी मनाउने गरिएको हो । यसैगरी आजदेखि चर्तुमास प्रारम्भ भएकाले हिन्दू धर्माबलम्बीले घरघरमा आज तुलसी रोप्ने चलन पनि छ ।हरिशयनी एकादशीका अबसरमा देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनहरुको पुजा आजा गरिरहेका छन् ।