गोगनपानी ठुलोपाखामा ट्रक पल्टिंदा एकको मृत्यु, दुई जना घाईते

819 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१० मंसिर – आईतबार सांझ गल्छी गाउँपालिका वडा नम्बर ८ ठुलोपाखा स्थित ग्रामीण सडकमा ट्रक पल्टिंदा एक जनाको मृत्यु् भएको छ भने , दुई जना गम्भिर घाईते भएका छन् ।

फाईल तस्बिर

गोगनपानीको ठुलोपाखाबाट पृथ्वीराजमार्गको महादेवबेसी तर्फ आउदै गरेको ना ५ ख ६६४७ नम्वरको मिनी ट्रक गोगनपानी कै ठुलोपाखा भन्ने ठाउमा आईतबार सांझ दुर्घटना भएको थियो । ट्रक सडकबाट करिव एकसय पचास मिटर तल खोचमा खसेको स्थानीयले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेमा सोही ट्रकका धनी थाक्रे गाउँपालिका वडा नम्बर ११ मान्खुका २५ वर्षीय साजन सुनार रहेको बैरेनी प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते भएका दुई जनालाई रातीनै उद्धार गरी काठमाण्डौं पठाईएको थियो । उनिहरुको काठमाण्डौमा उपचार भई रहेको छ ।