सियोलोन मास्टर्स इन्टरनेशनल व्याडमिण्डटन टुर्नामेण्टमा बिष्णुलाल श्रेष्ठ फाईनलमा

1102 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

श्रीलंकाको राजधानी कोलम्वोमा नेपाल लगायत १० देशका खेलाडीहरुका बिच भएको सियोलोन मास्टर्स इन्टरनेशनल व्याडमिण्डटन टुर्नामेण्टमा नेपालका खेलाडी धादिङका बिष्णुलाल श्रेष्ठ फाईनलमा पुगेका छन् ।
टुर्नामेण्टमा सहभागी भएका नेपालका खेलाडीहरु धादिङका बिष्णुलाल श्रेष्ठ र कास्कीका रमेश भट्टचन पुरुष डवल तर्फको ५५ बर्ष भन्दा माथिको तौल समूह अन्र्तगतको इभेण्टमा सेमि फाईनलमा प्रवेश गरेका छन् ।
खेलमा धादिङका बिष्णुलालले श्रीलंकाका खेलाडी रोहन फेर्नान्डोलाई १५–८,१५–१२ स्क्रोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन । बुधवार हुने खेलमा बिष्णुलाल श्रीलंकाका जानाथ रोहन संग भिड्ने छन् । नेपालका अर्का खेलाडी कास्कीका रमेश भट्टचन भनेभारतका नं १ र विश्वका नम्बर ४ खेलाडी फिलिप बेन्सी, संग सेमी फाईनलमा १२–१५ र ८–१५ ले पराजित हुन पुगेका छन । भट्टचनले ब्रोन्ज मेडल हासिल गरेका छन् ।