महिनौं देखि धादिङ मालपोत कार्यालय अधिकृत विहिन, सेवाग्राहीलाई भयो सास्ती

429 पटक पढिएको

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहीबार १८:३४

सम्पादक: Dhading News

 

 

धादिङ, १३ मंसीर-  महिनौ देखी एक जना पनि अधिकृत नभएका कारण  जिल्ला मालपोत कार्यालय धादिङमा सेवाग्राहीहरु  सेवा पाउनबाट सेवा पाउनबाट बञ्चित भएका छन् ।
जिल्लाका दुर दराजबाट सेवा लिनका लागि सदरमुकाम स्थित मालपोत कार्यालय आएका सर्वसाधरण कार्यालयमा अधिकृतस्तरको कर्मचारी नभएकै कारण काम नभएर निराश भई फर्कनु पर्ने बाध्यतामा छन् ।
एक जना उपसचिव र तीन जना अधिकृतको दरवन्दी रहेको जिल्ला मालपोत कार्यालय धादिङ गएको दशैं देखि अधिकृत तहका कर्मचारी विहिन हुन पुगेको हो । कार्यालयमा अधिकृततहको एक जना पनि कर्मचारी नभएको कारण जमिन किनबेचको सामान्य पास र ठाडो रोक्काको काम बाहेक अरु सेवा रोकिन पुगेको छ ।
दैनिक सयौ सेवाग्राहीहरुले सेवा लिने मालपोत कार्यालय धादिङ अहिले सुब्बाको भरमा चलेको छ । मालपोत अधिकृतहरु गौरीकान्त भट्टराई ,शेखर अधिकारीको दशै अघिनै सरुवा भएको थियो भने कार्यालय प्रमुखको जिम्मेवारी पाएका मालपोत अधिकृत रामप्रसाद मचामसि पनि दशैं पछि सरुवा भएर गएका थिए । एक जना पनि नयाँ अधिकृतहरु नआएपछि भूमिसुधार तथा व्यवस्थापन विभागले कार्यालयका सुव्वा मोतिराम थपलियालाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । निमित्तलाई कामको अख्तियारी नदिंदा कामकाज प्रभावित भएको हो । प्रमुख नहुंदा जग्गाधनि पुर्जा बनाउनेदेखि जग्गा पास गर्नेसम्मका अधिकांश काम हुन सकेका छैनन् । निमित्तको जिम्मेवारी पाएका थपलिया अधिकृतबाट हुनुपर्ने तोक आदेश र सदरको काम आंफुँले गर्न नमिल्ने बताउँछन ।
कार्यालयमा आउने सेवाग्राहीहरु कर्मचारी अभावका कारण काम नभएपछी सामान्य सेवा लिन पनी कम्तिामा चार पाँच दिन लगाउनु पर्ने बाध्यतामा रहेको बताउँछन । भुमिसुधार तथा व्यवस्थापन विभागले प्रमुख मालपोत अधिकृत र अरु अधिकृत नपठाउँदा कार्यालयको दैनिक कामकाज प्रभावित भई सेवाग्राही मर्कामा परेको र यस बिषयमा जिल्लाका सांसदहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको स्थानीय कल्याण तामाङ बताउँछन् ।
कार्यालयका कर्मचारीहरुका अनुसार धादिङ मालपोत कार्यालयमा दैनिकजसो पचासदेखी साठी ओटासम्म जग्गा पासका लिखतहरु आउने गर्दछ्न भने जग्गा रोक्का अंश बण्डा लगायतका थुप्रै कामहरुका लागी पनि त्यत्तिकै सेवाग्राहीहरु आउने गर्दछन् । कार्यालय प्रमुख र अधिकृत नभएका कारण अहिले यस्ता कुनै पनी सेवा नपाउदा सेवाग्राहीहरु मर्कामा परेका हुन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१३ मंसिर २०७५, बिहीबार १८:३४ मा प्रकाशित

समाचार

सबै

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछानेले लगानी ऋण तिर्नै नसक्ने अवस्था आएपछि बच्चासहित त्रिशूली नदीमा हाम फालेर.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी.....

Categories