दशकिलामामा बस र मोटरसाईकल ठोक्किंदा एक जनाकोे मृत्यु ,एक घाईते

1283 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१६ मंसीर – धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा पर्ने पृथ्वीराजमार्गको ६ दशकिलामा बस र मोटरसाईकल एक आपसमा ठोक्किंदा एक जनाको घटनास्थलमानै ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।
धादिङबाट काठमाण्डौंका लागि छुटेको बा ३ ख ८३९५ नम्बरको बस र  काठमाण्डौंबाट गजुरीतर्फ गईरहेको बा ३६ प ८३५७ नम्बरको मोटरसाईकल आईतबार विहान ८ वजे तिर एक आपसमा ठोक्किएपछि सो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा गजुरी गाउँपालिका चिसापानिका ५५ बर्षीय मोटरसाईकल चालक नारायणकाजी भण्डारी रहेका छन् । यसैगरी घाईते हुनेमा सोहि मोटरसाईकलमा सवार ४२ बर्षीया धनकुमारी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनापछि आक्रोसित भएका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनका कारण केहीबेर राजमार्गको सवारी आवागमनसमेत प्रभावित भएको थियो । तर, अहिले अवरोध हटाएर सवारी सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ
घाईते भण्डारीको धार्के अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाण्डौं पठाईएको छ भने मोटरसाईकलाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।