जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङको भवन उद्घाटन

2045 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङको गजुरीमा निर्मित भवनको आईतबार उद्घाटन गरिएको छ । २०५४ सालमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुंदा पहिलो कार्यालय प्रमुखका रुपमा आउनु भएका तत्कालिन प्रहरी निरीक्षक अहिलेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नयाँ भवनको उद्घाटन गर्नु भएको हो ।
तत्कालिन अवस्थामा आँफैले व्यक्तिको घर भाडामा लिएर कार्यालय संचालन गरेको सम्झदै खनालले आफ्नो कार्यालय निर्माणका लागि लामै समय कुर्नु परेपनि अव ट्राफिक प्रहरीको जिल्ला कार्यालय भवन बनेकाले सेवा पनि चुस्त दुरुस्त र सुन्दर हुने वताउनु भयो ।जिल्ला ट्राफिक कार्यालयको त्रिभुवन राजपथको नागढुंगादेखि पृथ्वी राजमार्गको मौवाखोलाका साथै जिल्लाका अन्य सडक क्षेत्रसमेत कार्यक्षेत्र रहेको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट प्राप्त १ करोड ६६ लाख २१ हजार ४ सय १८ रुपैयाको लागतमा ट्राफिक प्रहरीको भवन बनेको हो । २०५४ सालमा कार्यालय स्थापना भएपनि तत्कालिन अवस्थामै प्रमोदकुमार कँडेल लगायतका स्थानीयहरुको पहलमा जग्गा खरिद गरिएको थियो । हालसम्म भवन निर्माण नभएकाले भाडाको घरमा नै ट्राफिक प्रहरी कार्यालय संचालनमा रहेको थियो ।
नयाँ भवनबाट कार्यलय संचालन हुन थालेपछि सेवा प्रवाहमा पनि सहजता आउने जिल्ला ट्राफिक प्रहरी प्रमुख हेमराज घिमिरेले जानकारी दिनुभयो ।
भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीभित्र खराव काम गरि बदनाम हुने जो कसैलाइ पनि तत्काल कारवाही गरिने बताउनु भयो । कुनै एक प्रहरीले बदमासी गरिदिँदा सिंगो संगठन नै बदनाम भएकाले गल्ती गर्ने जोकोहीलाइ पनि तत्काल कारवाही गर्ने उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको नवनिर्मित भवन उद्घाटनको लागि आईतबार धादिङको गजुरी आएका बेला उहाँले प्रहरीहरुलाइ जनताको मन जितेर काम गर्न निर्देशन दिनु भएको हो ।