बहुदलिय पद्धतिभित्र नआए माओवादी समाप्त हुन्छ ः नेता केशी

671 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC09846

शंकर श्रेष्ठ,
धादिङ,साउन ५ गते । नेपाल काङ्ग्रेसका नेता अर्जुननरसिं केशीले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो पार्टी बन्ने दावी गरेका छन् ।
एमाले र माओवादीबाट जनताले विश्वास गुमाइसकेको भन्दै नेता केशीले अबको निर्वाचनमा काङ्ग्रेस नै एकमात्र पहिलो पार्टी हुने दावी गरे । ‘लोकतन्त्रको सबैभन्दा ठूलो आदर्श र सिद्धान्तको रुपमा स्वीकार गरिने बहुलबाद मेरो शब्दकोषमा छैन भन्ने माओवादी फेरीपनि देशको पहिलो पार्टीको रुपमा आयो भने संविधान पनि बन्दैन र लोकतन्त्र पनि जिवित रहदैन उनले भने । त्यसको संरक्षणको लागि भनेपनि काङ्ग्रेस जिम्मेवार भएर पहिलो पार्टी बन्नुपर्ने उनले बताए ।
शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्न धादिङको मलेखु पुगेका नेता केशीले निर्दलबादीहरु अहिले बहुदलका कुरा गरेर जनतासामु आएको भन्दै नेता केशीले एमाले र माओवादीले कुनै हालतमा देशलाई निकास दिन नसक्ने दावी गरे । पहिले निर्दलीयताको आडमा देशमा बहुलवाद भयो भने राष्ट्रियता टुक्रिन्छ, राष्ट्रिय एकता भङ्ग हुन्छ भन्ने निर्दलबादीहरु अहिले बढ्ता कुरा गरेर नेपाली जनताको बीचमा आएका छन् । हामी चुनौति दिन चाहन्छौं, लोकतान्त्रिक यथार्थता काङ्ग्रेसले बोकेको हो, त्यो यथार्थता र बहुदलिय पद्धतिभित्र माओवादी आउनै पर्छ नआए उ समाप्त भएर जान्छ’ उनले बताए ।
नेपाली काङ्ग्रेस धादिङ नम्बर ३ को क्षेत्रिय भेलालाई सम्बोधन गर्न धादिङ आउनुभएका नेता केशीले पहिलो संविधानसभा निर्वाचनमा दोश्रो स्थान प्राप्त गरेको पार्टीले अबको निर्वाचनमा भने पहिलो पार्टी भएरै छोड्ने दोहो¥याए । आगामी निर्वाचनको लागि सम्पूर्ण रुपले केन्द्रित हुन पनि कार्यकर्ताहरुलाई आग्रह गरे ।