राजमिस्त्री तथा ठेकेदारलाई युनाइटेड सिमेन्ट्सको अन्तरक्रिया

704 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको नौबिसेमा कारखाना रहेको युनाइटेड सिमेन्ट्स प्रा. लि. ले गण्डकी प्रदेशको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यो उद्योग के.एल. दुगड ग्रुप अन्तर्गत सञ्चालित रहेको छ ।

गोरखा, डुम्रे, खैरेनीटार ,दुलेगौंडा, पोखरा , लेखनाथ, र वाग्लुङ गरि विभिन्न स्थानमा सो कार्यक्रम गरिएको उद्योगका क्षेत्रीय बजार प्रतिनीधि हेमलाल श्रेष्ठले जानकारी गराएका छन् ।

राजमिस्त्री तथा ठेकेदारको निर्माण सम्बन्धि कुनै पनि कार्यमा निकै नै ठूलो भूमिका तथा जिम्मेवारी रहने कारणले गर्दा उनीहरुमा सिमेन्ट सम्बन्धि राम्रो ज्ञान हुनुपर्ने साथै भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रोफिटिङ सम्बन्धि जानकारी हुनुपर्ने अति आवश्यक देखिएकोले यो किसिमको जानकारी मूलक कार्यक्रम गरेको श्रेष्ठले जनाए ।

नेपाल गुणस्तर प्रमाण चिन्हले सु–सज्जित यस युनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आङ्खना ग्राहकहरुप्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको छ ।