logo

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता

1259 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– धादिङ न्यूज

धादिङ। धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढीगण्डकी नदीमा निर्माण हुन लागेको बहुचर्चित १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिन सरकारले प्रक्रिया अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकीको काम अघि बढाउन चाइना गेजुवा ग्रुप लिमिटेडसँग छलफल थालेको हो ।

मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेलगायतको टोलीले अहिले गेजुवाका प्रतिनिधिसँग आयोजना अघि बढाउने विषयमा वार्ता गरिरहेको छ । वार्ता लगभग अन्तिम चरणमा पुगेको स्रोतको भनाइ छ । ईपीसीएफ मोडेलमा दिने गरी काम अघि बढेको छ । गेजुवाले बनाउने लागत, उसले चीनबाट ल्याउने सहुलियत ऋणलगायत आयोजनाका अन्य प्राविधिक विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

फ्रान्सको परामर्शदाता ट्रयाक्टवेल इन्जिनियरिङ कम्पनीले गरेको विस्तृत अध्ययनअनुसार आयोजना बनाउन २ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने देखाएको थियो । आयोजनाबाट प्रभावित स्थानीयबासिन्दाको पुनर्बास र पुनस्र्थापनका लागि झन्डै ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हाल जग्गाको मुआब्जा वितरणको काम भइहरेको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic