अबैध सुनसहित धादिङका एक युवक  रसुवामा  पक्राउ

1255 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रसुवा । अबैध सुनसहित धादिङका एक युवक  रसुवामा  पक्राउ परेका छन् । बा ८२ प ५११४ नम्बरको भिआर मोटरसाईकलमा रसुवाको स्याफ्रुबाट काठमाडौंतर्फ जाँदै गरेको  धादिङको रुवीभ्याली गाउँपालिका तिप्लिङका ३९ वर्षीय जलबहादुर तामाङलाई पक्राउ गरिएको रसुवा प्रहरीले जनाएको छ ।

 रसुवाको गोसाईकुण्ड गाउँपालिका, ५ स्याफ्रुबेँसीमा बस्दै आएका उनलाई प्रहरीले नियमित सवारी चेकजाँचका क्रममा  कालिका गाउँपालिकाको कटुञ्जेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । तामाङलाई पैतालामा कागजले बेरेर जुत्ताभित्र लुकाएको  ३ सय ७८ ग्राम सुनसहित  पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि रसुवा स्थित जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखिएको छ ।