श्यामैडाँडाका चेपाङ तरकारी खेतीमा

1333 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

श्यामैडाँडा (धादिङ), – पेटभरी पानी पिउन नपाउने समस्या झेल्दै आएका चेपाङहरु तरकारी खेतीमा लागेको देख्दा धेरैले पत्याउँदैनन । अरुको त के कुरा त्यहाँका चेपाङ आँफैले पनि तरकारी फलाएर खान पाईएला भन्ने सोचेका पनि थिएनन् । अहिले आफ्नै बारीको तरकारी बजारसम्म लगेर बेच्दा उनिहरुमा खुशी मात्र होइन नगद आम्दानी गर्ने बाटो समेत खुलेको छ ।
बर्षा सम्म अरुले दिएको तरकारी खाँदै आएका कुल बहादुर चेपाङले पहिलो पटक रायोको साग बेचर २० हजार आम्दानी गर्दा खुशीको सिमा नरहेको वताए । विगतका वर्षमा सँधै जसो तरकारी किनेर खाएको सम्झदै अव हाम्रो पनि दिन आएछ उनले भने । कुल बहादुरमात्र होइन उनका छिमेकी रेशम चेपाङले पनि मंसिरमा रायोको रोपेकाछन् । गत वैशाखबाट गाँउमा खानेपानी आएपछि आफुले आलु, धनीयाँ, लसुन, रायोको साग, रोप्न सिकेको र गाँउका १ सय ५५ घरपरिवारले नै बारीमा तरकारी रोपेको रेशमले बताए ।

‘गाँउमै आएर फियान नेपालले हाम्रो समस्याको वारेमा हामीसंग छलफल गर्दा खाद्य अधिकार छ भन्ने सुन्यौ । खानेपानी समस्या हुदाँ हाम्रो खाद्य अहिकार हनन् भएको वारेमा जानकारी पनि पायौ ।’ समुदाय संगठित भए अधिकार प्राप्त गर्न सक्ने बुझेपछि आफु पनि श्यामैडाँडा खाद्य अधिकार समुहमा रहेर अधिकार प्राप्त गर्न संर्घष गरेको सम्झदै लाल बहादुर चेपाङले भने गाउँमा आएको परिवर्तनबाट हामी खुशी छौ । सवैको वारीमा तरकारी रोपिएको छ । राती एक बजेबाट पधेंरोमा लान बसेर पानी ल्याउनु पथ्र्यो । घरमा पानी पुग्नेगरी जम्म कसरी गर्ने, घरधन्दा, मेलापात कसरी धान्ने, सामाजिक काममा कसरी धान्ने चिन्ता थियो नौ महिना अघिसम्म संगिता चेपाङले सम्झिन । खाद्य पनि अधिकारसंग जोडिएको र पानी खान नपाउनुपनि खाद्य अधिकार हनन् भएको जानकारी पाएपछि अधिकार प्राप्तीका लागि लड्न तयार भएर २०७१ साल पुष २४ गते श्यामैडाँडा खाद्य अधिकार समुह गठन गरेका थियौ । त्यसपनि तालिम र छलफलबाट अधिकार प्राप्त कसरी गर्न सकिन्छ भन्ने सिक्यौ । दुईचार जना महिला कराउदैमा गाँउमा पानी आँउदैनन भनेर पुरुषहरुले नपत्याएर उल्ल्याएको संगिताले विर्सेकी छैन । हाम्रो समस्या समाचारमा पढेर ओम साई संगठनले सहयोग ग¥यो । हाम्रो संर्घष पुरा हुने क्रममा रहेको छ संगिताले भनिन् ।
खाद्य अधिकार, पैरवी, नेतृत्व विकास सम्वन्धी तालिम फियान नेपालले दिएर हामीलाई सक्षम बनायौ । हामीले सिकेका कुरा व्यवहारमा उता¥यौ । हामी तत्कालिन गाविस, जिविससम्म डेलिकेशन गयौ । माननीय सांसद राजेन्द्र पाण्डे हाम्रो गाँउमा आउनु भयो । हाम्रो कुराहरु विस्तारै सुनुवाई हुन थाल्यो श्यामैडाँडा खाद्य अधिकार समुहका सचिव रामहरी चेपाङले बताए । गाँउमा बर्षभरी नै खानेपानीको हाहाकार आधा वर्ष खाद्यन्न अभाव गाँउमा थियौ मात्र अभाव श्यामैडाँडा खाद्य अधिकार समुहकी अध्यक्ष विमला चेपाङले सम्झिन । गाँउभरी साधरण लेखपढ गर्न जान्ने मान्छे मात्र निदेवन लेख्न पनि जान्दैन थियौ । अहिकारको कुरा कहाँबाट जान्नु । नयाँ मान्छे देखि पछि बोलिनै रोक्न्थ्यिौ । जव तालिमहरु पायौ मनोवल बढ्न थाल्यो । गाँउमा पत्रकारहरु आए हाम्रा कुराहरु भन्न लगाए विस्तारै बोल्लने पानीको विकास भयौ । हामी तत्कालिन जिविसको डेलिकेशन गएका थियौ पत्रपत्रिकामा आएको समाचार पढेर ओम साई संगठनका सर आउनु भयो । हेर्नु भयो र खानेपानी ल्याउन सहयोग गर्नु भयो । गाँउमा खानेपानी ल्यायौ । गाँउका सवै जना मिलेर काम ग¥यौ । खानेपानी धाराहरु बनाउन बाँकी छ । अहिले गाँउका सवै परिवारले घर आँगनमै पर्याप्त पानी पाएकाछन् । अव दियो व्यवस्थापन कसरी गर्ने सोचिरहेकाछौ । गाँउमा नियमित रुपमा पानी ल्याउन सके सवै परिवारको वारीमा हरियो तरकारी हुने र कुपोषण अन्त्य हुनुका साथै तरकारी किन्ने पैरा ऋण नलाग्ने चेपाङहरुको भनाई छ ।
श्यामैडाँडा खाद्य अकिार समुहको सदस्यहरु संग छलफल गर्दै जिल्ला समन्वय समिति सदस्य सावित्रा सुनारले पानीको अधिकतम उपयोग गरी हरियाली बढाउदै कुपोषण घटाउन लाग्न सुझाव दिइन । समुदायमा आएको अधिकारमुखी जागरणले समाज रुपमन्तरण सहयोग पुग्ने बताउदै संघर्ष गरेर अधिकारका रुपमा प्राप्त गरेको पानी सदुपयोग गर्न जिल्ला समन्वय समिति सदस्य उर्मिला रेग्मीले सुझाव दिइन । श्यामैडाँडा खाद्य अधिकार समुहको अनुगमन गर्न पुगेका गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले समुदायको क्षमता विकास गर्न फियान नेपालले महत्वपुर्ण भुमिका निर्वाह गरेकोे र समुदाय सक्षम भई अधिकार प्राप्त गर्न गरेको सर्घषकोे प्रशंसा गर्दै गाँउसम्म पानी ल्याउन सहयोग गर्ने ओम साई संगठन नेपाललाई धन्याद दिएका छन् । संगठन संग आर्थिक श्रोत नभए सरकारले वाँकी काम पुरा गर्ने बताउदै एक घर एक धारो निमार्ण गाँउपालिकाको कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताए ।
– राजेन्द्र बस्नेतको सहयोगमा