गल्छी गाउँपालिकालाई बालमैत्री बनाउने अध्यक्षको प्रतिवद्धता

577 पटक पढिएको

प्रकाशित मिति: १८ पुष २०७५, बुधबार १९:०५

सम्पादक: Dhading News

गल्छी -गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले गाउँपालिकालाई बालमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
०७५ पुस १७ गते मंगलबार गल्छी गाउँपालिका–६ बैरेनीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित बालअधिकार चेतना समूहका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिका बालमैत्री, अपांगमैत्री बनाउन साझेदार निकायसंग संयुक्त रुपमा कार्यक्रम संचालन गर्ने बताएका हुन् ।
बालबालिका, महिलामाथी हिंसाका घटना बढेकोले यसलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाले विषेश कार्यक्रम लागु गर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीनाले बालिकाहरु बढी असुरक्षित रहेको, सामाजिक संजालका कारण यौन हिंसा र बालविवाहका घटनामा वृद्धि भएकोले इनसेक संग साझेदारीमा बालअधिकार सम्बन्धी कार्यक्रम संचालन गर्ने बताइन् ।
बालबालिकालाइृ भविश्य हेरेर निर्णय गर्न नसक्ने भएकोले स्थानीयतहको सरकारले संरक्षणका लागि काम गर्नुपर्नेमा जोड दिइन् ।
इन्सेक ३ न.ं प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले सामुदायिक विद्यालय भन्दा पनि निजि विद्यालयमा हिंसाका घटनाहरु बढीरहेकोले हिंसाका घटनामा राज्यले रोक्न प्रयास गर्नु पर्ने बताए ।
कार्यक्रम मानवअिधकार निगरानी समूहका अध्यक्ष रामहरी थापाको अध्यक्षतमा सम्पन्न समारोहमा बालबालिकाको बचाउ, संरक्षण, विकास र सहभागिताका लागि जोड दिइएको थियो ।
दुई दिन संचालन भएको तालिममा ४ विद्यालयका २० बालबालिकाहरुको सहभागिता रहेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१८ पुष २०७५, बुधबार १९:०५ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु.....

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न.....

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत.....

गोलभेँडाको दोब्बर मूल्य पाउँदा गौँथलेका किसान दङ्ग

नारायण ढुङ्गाना / (रासस) धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका वडा.....

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी.....

Categories