डाक्टर केसीका माग पुरा हुंदैन–बस्नेत

957 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ,१ माघ – आफ्नो शरिरलाई कमजोर वनाएर कम्युनिष्ट पार्टी बिरुद्ध अफवाह फैलाउने काम नगर्न डाक्टर गोविन्द केसीलाई नेकपाका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री महेश बस्नेतले आग्रह गर्नु भएको छ ।
डाक्टर केसीले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि नभई नेकपाको नेत्तृत्वमा रहेको अहिलेको सरकार बिरुद्ध अफवाह फैलाउन र नेकपा संग सम्वन्धित व्यवसायीहरुको लगानीका मेडिकल कलेज वन्द गराउन दवाव दिने उद्धेश्यले अनसन बसेको नेता बस्नेतको आरोप थियो । पुरा गर्न नसकिने खालका माग राखेर केसीले लिंडेढिपी कसेकाले उनका मागहरु पुरा गर्न असम्भव रहेको नेता बस्नेतको भनाई छ ।
विगतमा पनि धेरै पटक अनसन बसेर आँफुलाई सत्याग्राही भएको पुष्टि गर्न खोजेपनि केसीको आन्दोलनको पछाडी नेपालमा मेडिकल कलेज संचालन गर्न नदिने शक्तिको हात रहेको बस्नेतले दावी गर्नु भयो । डा.केसीले संसदिय समिति र सांसदहरुको अपमान गरेर आंफुलाई तानशाही शैली देखाएकाले उनका मागहरु पुरा गर्न वर्तमान सरकार वाध्य नहुने पनि नेता बस्नेतले वताउनु भयो ।
मंगलबार धादिङको धुंवाकोट जाने क्रममा सदरमुकाम धादिङबेसीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बस्नेतले समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको हो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद खेमप्रसाद लोहनी, प्रदेश सभा सदस्य सांसद डाक्टर रामकुमार अधिकारी, युवा संघका नेता रमेश आचार्य लगायतको उपस्थिती रहेको थियो ।
पत्रकार संगको भेटघाटमा नेता बस्नेतले बाईडबडी विमान खरिद गर्दा अनियमितता भएको भन्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई वदनाम गराउने उद्धेश्यले काँग्रेस अघि बढेकोमा अहिले उ आँफै फन्दामा परेको पनि नेता बस्नेतले वताउनु भयो । पार्टीको एकता प्रकृया अन्तिम चरणमा पुगिसकेकाले अव गाउँ देखिनै पार्टी एकता भएर शशक्त कम्युनिष्ट पार्टीको निर्माण र गतिविधि अघि बढ्न पनि उहाँले वताउनु भयो ।