दनैलाई सहयोगको लागी धादिङ् समाजको अपिल ।

1019 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सन्तोष अधिकारी-

सउल, जतिपनि व्यक्तिहरु जुनकुनै तबरले परबासको बाटो रोज्छन सबैको सपना/अन्तिम उदेश्य भनेको आर्थिक उन्नति गर्नुनै हो । त्यस्तै व्यक्तिहरु मध्यमा पर्नुहुन्छ धादिङ्-३ चैनपुरका युवराज दनै । स्वोदेशमा युवा स्वोरोजगारको महापिडा सहन नसकी बाध्य भएर पराईको मातृ भाषा अत्यन्त मेहेनतसाथ अध्ययन र ठुलो संख्यामा रहेको प्रतिस्प्रदा मा सफल भई निर्धक्क संग सम्पूर्ण प्रोसेस पुरा गरि भविष्यको लागी बुनेको ठुलो सपना बोकेर EPS मार्फत १४ महिना अघी कोरिया प्रवेश गरि थेगु क्षेत्रमा कार्यरत धादिंगेली मित्र दनैको भने त्यो सपना परदेश पसेको केहि समयमै अघी बढ्नु भन्दा अत्यन्त दयनीय अबस्थामा तल झर्नुत छदै छ, त्यसमाथि झनै उनले गरिखाने आफ्नो ज्यानलाई समेत लामो समयको लागी एउटा कोठा/अस्पतालमा बन्दक बनाउनुपर्यो । नकी उनि पहिले प्रवेश गरेको कम्पनीमा एक बर्षको कार्यावधि पुरा गरि अर्को कम्पनी खोज्न हिड्ने क्रममा फेब्रुवरी २२ को दिन ट्याक्सीको प्रतिक्षा गरेर बसिराक्दा साईडबाट आएको कारको ठक्करबाट उनको दाईने खुट्टाको नली भाचिएको थियो भने देब्रे खुट्टाको जोर्नी पुरै खुस्किएको र त्यति मात्रै नभई छाती,करंगमा पनि गम्भीर चोट लगाएत शरीरको अन्य बिभिन्न भागमा असाय भई हाल सम्म उपचारको क्रममा हुनुहुन्छ ।

दैनिक जीवनका सम्पूर्ण गतिबिधि (उठ्ने-बस्ने, खाने, ट्वाइलेट……अन्य) सहयोगी मार्फत गर्नुपर्ने अबस्थामा पुघ्नुभाएका उनको साढे चार महिना लामो उपचारार्थ अस्पातालमा लागेकोखर्चहरु इन्स्युरेन्सले बेहोरेतापनी त्यसबाहेक हरेक खर्चहरु बिरामी कुरुवा/सहयोगी को दैनिक पारिश्रमिक ८०,००० वन, हाल अस्पताल बाहिर कोठा लिएर बस्नुपर्ने कोठा भाडा महिनाको २ लाख ५० हाजर वन, दैनिक थियारापिको लागी अस्पताल आउने-जाने खर्च जस्ता बिभिध खर्चहरु आफैले बेहोर्नुपर्ने, कम्पनी छोडेर बस्नुभएकोले कम्पनीको तर्फ बाट खासै सर-सहयोग तथा सुबिधा नपाएको अझै ३-४ महिना कुनैपनि काम गर्न नसक्ने अबस्थामा रहनुभएको यी बिभिन्न कारणले गर्दा खर्च धेरै नै भएको/हुने देखिन आएको हुनाले उहाँलाई आ-आफ्नो तर्फबाट जति सक्दो सहयोग गरिदिनुहुनको लागी धदिंग समाज कोरियाले बिनम्र बिनम्र अनुरोध गरेको छ । “सोच्नुहोस भविष्य कसैले देख्ने र हातमा भएको कुरा होइन साथ सबैलाई सबैको साथ आश्यक छ ”

उहाँलाई सहयोग गर्नको लागी (Woori Bank स्थित खाता नं. 1002146513874 Danai Ubaraj – बिरामी स्वयं) कोमा हाली अनिबार्य नाम टिपाउनको लागी (सन्तोष अधिकारी 010-49686954) मा सम्पर्क अथवा Message गरिदिनुहोला, अथवा facebook mesaage or, तल कमेन्ट बक्समा कमेन्ट मार्फत जानकारी गराईदिनुहोला ! धन्यबाद…..