धादिङमा छुट्टाछुट्टै घटनाका आठ आरोपित सार्वजनिक

2047 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
धादिङ-  जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न ३ वटा घटनामा संलग्न भएको आरोपमा ८ जना आरोपितलाई सार्वजनिक गरेको छ ।
बुधवार जिल्ला प्रहरी कार्यालय परिसर धादिङमा पत्रकार सम्मेलन गरि प्रहरीले हातहतियार जबरजस्ति करणी, र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा पक्राउ परि अनुसन्धानका क्रममा जिल्ला अदालतबाट थुनामा राख्ने म्याद पाएका ८ जनालाई सार्वजनिक गरेको हो ।
यसरि सार्वजनिक गरिएकाहरुमा माघ २१ गते जिल्लाको गंगाजमु्ना गाउँपालिका वडा नम्बर ५ मा रहको मण्डली माविबाट पेस्तोल सहित पक्राउ परेका खनियावास गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २५ का नारायण थापा मगर,सोही ठाउँका बर्ष २१ का विशाल गुरुङ र बर्ष ३० का आशिष थापा मगर रहेका छन् ।
बिद्यालयमा संचालन भैरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थलमा खटिएको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा झोला एउटाले अर्कोलाई पास गर्दे भाग्न खोजेका तीनै जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा युएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान र म्गागजिनमा लोड भएको गोली ७ राउण्ड पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहश्र गिटी बालुवा लगायतको टेन्डर र ठेक्कापट्टामा व्यवसायी ठेकेदार समेतलाई डरत्रास देखाई रकम असुल गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले पक्राउ परेका तिनै जनालाई हातहतियार शिर्षकमा मुद्धा दर्ता गरिएको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवालरले जानकारी दिनुभयो ।
यसै गरी जिल्लाकै वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ करमखोलाका २३ बर्षिय दिपक सिलवाल जबरजस्ति करणीको आरोपमा पक्राउ परेका छन । सिलवालले माघ २१ गते राती ११ वजे तिर १८ बर्षिया किशोरीलाई जवरजस्ति करणी गरी फरार रहेका सिलवाललाई माघ २२ गते पक्राउ गरी न्यायिक हिरासतमा राखी अनुसन्धान शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।
त्यसै गरी माघ २१ विहान ७ वजे तिर थांक्रे गाउँपालिका वडा नम्बर ७ मानेडाँडा नजिकै काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ का २३ बर्षिय गौतम खत्रीलाई कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार रहेक ४ जना पनि पक्राउ परेका छन । पक्राउ परेकाहरुमा थांक्रे गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष १८ का सोहन तामाङ,सोही ठाउँका बर्ष २४ का अजय तामाङ, बर्ष २० का बलराम तामाङ र मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ६ का २२ बर्षिय मनिष लामा रहेका छन ।
उनिहरुलाई माघ २३ गते विहान ९ वजे तिर थांँक्रे गाउँपालिकाको वडा नम्बर ७ स्थित त्रिभुवनराजपथबाट पक्राउ गरिएको हो । घाईते खत्रीको शहिल मेमोरियल अस्पताल कलंकीमा उपचार भैरहेको र पक्राउ परेका व्यक्तिहरुलाई ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको पनि प्रहरी उपरिक्षक वैदवारले वताउनु भयो ।