नलाङ जाँदै गरेको बस ससाह नजिकै दुर्घटना ,९ जना घाइते

1831 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २६ माघ- धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको यात्रुवाहक बस शनिवार बेलुकीपख नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
धादिङबेसीबाट ३५ जनायात्रु लिएर नलाङका लागि छुटेको बा ३ ख २७३१ नम्वरको बस  ४ वजे तिर ससाह नजिकै सडक छेउमा ठोक्किएर दुर्घटनामा परेको हो । ग्रामीण यातायात सहकारीमा दर्ता रहेको उक्त बस धादिङबेसी देखिनै तीव्र गतिमा रहेको र बस चालकले लापरवाही गरेर चलाएको कारण दुर्घटनामा परेको सोही वसमा यात्रा गरेका यात्रुहरुले जानकारी दिए ।
तीव्र गतीमा चलेको सो बसले धादिङबेसीमा म्याजिक भ्यानलाइ ठक्कर दिएर गएको केही बेरमानै ससाह नजिकै पुगेपछि सडक छेउको ग्यावीनजालीमा गएर ठोकिन पुगि दुर्घटना भएको खबर आएको थियो ।
दुर्घटनामा परि घाइते भएकाहरुलाई तत्काल उद्धार गरि जिल्ला अस्पताल धादिङवेशीमा उपचारको लागि ल्याईएको थियो भने गम्भिर घाईते २ जनालाई जिल्ला अस्पतालबाट थप उपचारका लागि काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपि राजकुमार बैदवारले जानकारी दिनु भयो ।

फोटो अन्नपूर्ण पोष्ट दैनिकका धादिङ समाचारदाता मनिष दुवाडीबाट