नलाङ जाँदै गरेको बस दुर्घटना, बस चालकको मृत्यु, १३ यात्रु घाईते

5195 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी २६ माघ –  धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा सोही बसका चालक सिद्धलेक गाउँपालिका वडा नम्बर २ का शिवराम सिलवाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका चालक सिलवालको थप उपचारका लागि काठमाण्डौं लैजांदै गर्दा बिच वाटोमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा परि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ की बर्ष ४० को अम्बिका लामिछाने, बर्ष १५ का मनोज घिमिरे, बर्ष २२ का सतिष खाति, सिद्धलेक गाँउपालिका २ का बर्ष २२ का बिनोद सुनार, बर्ष ३५ शिब सिलवाल, बर्ष २१ का दिलिप श्रेष्ठ,सिद्धलेक गाँउपालिका १ की बर्ष ४५ बर्षिया सिता भट्टराई, बर्ष २३ कि बिनिता सुनार, बर्ष १५ का भगवति गिरि, बर्ष ३८ को भरत गिरि र सुबर्ण सिंह ठकुरीका साथै नीलकण्ठ नगरपालिका २ को बर्ष ३८ की राममाया सुनार, ज्वालामुखि गाँउपालिका २ को बर्ष २० की सम्झना सामर र नाम नखुलेको एक जना गरी १४ जना घाईते भएकोमा वस चालक सिलवालको उपचारका लागि काठमाण्डौं लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गम्भिर घाईते भएका ज्वालामुखि गााँउपालिका २ की सम्झना सामरी, नीलकण्ठ नगरपालिका ३ की अम्बिका लामिछाने र नीलकण्ठ नगरपालिकाकी राममाया सुनार गरी ३ जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।
धादिङबेसीबाट ३५ भन्दा बढी यात्रु लिएर नलाङ तर्फ गईरहेको बा ३ ख २७३१ नम्वरको बस ५ वजे तिर दुर्घटनामा परेको हो । ग्रामीण यातायात सहकारीद्धारा चलाईएको उक्त बस तीव्र गतिमा रहेको र धादिङबेसी देखिनै बस अत्याधिक गतिमा गुडेको यात्रुहरुले वताए ।
तीव्र गतीमा चलेको सो बसले धादिङबेसीमा म्याजिक भ्यानलाइ ठक्कर दिएर गएको केही बेरमानै ससाह नजिकै पुगेपछि सडक छेउको ग्यावीनजालीमा गएर ठोकिन पुगेको थियो ।

– फोटो अन्नपूर्ण पोष्ट दैनिकका धादिङ समाचारदाता मनिष दुवाडीबाट