खानीखोलामा समुदाय प्रहरी साझेदारी कार्यक्रमको अन्तरक्रिया

918 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुनिवेसी – समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणालाई कार्यान्वयन गराउन फागुन १ गते बुधवार ईलाका प्रहरी कार्यालय खानिखोलामा सरोकारवालाहरुका बिच को छलफल तथा अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्धेश्य तथा कार्य–प्रणालीका बिषयमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा धुनिवेशी नगरपालिकाका मेयर वालकृष्ण आचार्यका साथै अन्य जनप्रतिनिधिहरु,संघ संस्था तथा नागरिक समाजका प्रतिनिधि, स्थानीय बुद्धिजिबि, समाजसेवी, महिला संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपक कुमार थापाले समुदाय प्रहरी साझेदारी अबधारणा कार्यान्वयनमा आए पश्चात समुदाय र प्रहरी बिचको सम्पर्क तथा समन्वयमा ब्यापक बिस्तार भएको बिबिध बिषयमा सुचना प्राप्तिमा बृद्धि भएको,प्रहरी र समुदाय बिचको आपसि बिश्वास सम्बन्ध र सहयोगमा अभिबृद्धि भएका वताउनु भएको थियो ।
यसैगरी महिला हिंसा तथा महिला एंबम बालबालिका बिरुद्ध हुने अपराधिक क्रियाकलापहरुमा न्युनिकरण आएको,समुदाय र प्रहरीलाई एक ढिक्का भई शान्ति सुरक्षा तथा अपराध नियन्त्रण रोकथाम र अनुसन्धान गर्नका लागि परिचालन गर्न सकिएको,अपराधको जन्म समाजमै हुने भएकोले यसको रोकथाम र न्युनिकरणमा समुदायकै ठुलो भुमिका रहने महत्व समुदाय प्रहरी साझेदारी कार्यक्रमले बुझाउन सकेको पनि उहाँले वताउनु भयो ।
प्रहरी र समुदाय बिच परस्परमा अपनत्व जगाई समाज,गांउँ,टोल र समग्र राष्ट्रमै प्रभाबकारी शान्ति सुरक्षा र अमन चयन कायम गराई अपराधिक कृयाकलापलाई जरैदेखि उन्मुलन गराउन र समाजमा ब्याप्त बिकृति बिसंगतिहरुलाई अन्त्य गर्नु पर्ने बिषयमा कार्यक्रममा छलफल गरिएको थियो । सभ्य सुसंस्कृत र सुरक्षित समाजको परिकल्पनालाई सार्थक तुल्याउनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा ल्याईएको जानकारी दिंदै कार्यक्रमा उठेका बिबिध जिज्ञासाहरुको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरिक्षक राज कुमार बैदवारले जवाफ दिनु भएको थियो ।
धादिङ जिल्लाका बिद्यमान बिबिध समस्याहरुको अध्ययन बिश्लेषण गरी उपयुक्त कार्ययोजना तयार पारी कार्यान्वयनमा लैजाने र धादिङ जिल्लालाई सुरक्षित,शान्त,अपराधरहित बनाउन कुनै कसर नछाडिने र त्यसका लागी सबैको साथ र सहयोग अपरीहार्य हुने वैदवारले वताउनु भयो ।