जनयुद्ध दिवसमा धादिङमा रक्तदान कार्यक्रम

976 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बिद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा बुधवार धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन ।

पार्टी कार्यालय परिसरमा आयोजना गरिएको २४ औं जनयुद्ध दिवस तथा जनआन्दोलनका शहिदहरु प्रति श्रद्धान्जली कार्यक्रमको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र धादिङको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसाथ रक्तदान कार्यक्रम आयोजना गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष माधव छत्कुलीले वताउनु भयो ।