चाँपखोलामा  बाख्रा उपहार प्रदान कार्यक्रम

877 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सलाङ  । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ कुवापानी र वडा नं ५ को चाँपखोलामा  बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल ,सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत  बिहीबार ३२ जनालाई बाख्रा वितरण गरिएको हो । सयपत्री र गणेशस्थान स्वाबलम्बी महिला समुहका सदस्यहरुलाई २/२ओटा बाख्रा वितरण गरेको हो ।

बाख्रा उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिकाका वडा नं ३ र ४ वडाध्यक्षद्धय देव बहादुर पुलामी,रामहरि बराकोटी,प्रयास नेपाल धादिङका अध्यक्ष सबिता अर्याल ,कार्यकारी निर्देशक दामोदर अर्याल, लगायतको विषेश आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । यसैगरी बडाध्यक्षद्धय देब बहादुर पुलामी र रामहरि बराकोटीले गाउँपालिकाका वडाहरुमा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने गाउँपालिकाको सोचमा प्रयास नेपाल धादिङले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका प्राविधिक संयोजक ईश्वरी कोईरालाले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । कार्यक्रम सयपत्री समुहकी अध्यक्ष होम कुमारी बिसुन्के र गणेशस्थान समुहकी उपाध्यक्ष स्मृति गुरुङले आफुहरुले पाएको उपहारलाई सहि सदुपयोग गर्ने र कार्यक्रम शुरुवात पछि समुदायमा सामाजिक एकता भावना वृद्धि भएको भएको बताउनु भयो ।

सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत ८ वटा मुल समूह र ३५ वटा उपहार समूह गठन,सीप तथा क्षमता विकास र व्यवसायिक बाख्रा पालन,नश्ल सुधार ,सुधारिएको खोर निर्माण र घाँस खेती बिस्तार जस्ता कार्य हुँदै आएको प्रयास नेपालका प्राविधिक संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।